logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुलीका नव निर्वाचित जनप्रतिनिधीले शपथ संगै पदभार ग्रहण


  • उमानाथ भण्डारी
  • शनिबार, जेष्ठ ७ २०७९

कमल ,जेठ ७ बैशाख ३० गते सम्मपन्न स्तानिय तह सदस्य निर्वाचन बाट निर्वाचिन ईलामको चलाचुली गाउँपालिकाका नव निर्वाचित जनप्रतिधिले शुक्रवार एक कार्यक्रमका बिच शपथ ग्रहण गर्नु भएको छ ।
गाउँपालिकाका नव निर्वाचित अध्यक्ष राजेन्द्र केरुङले शुक्रवार दिउसो ईलाम जिल्लाका जिल्ला न्यायधीश हरिशचन्द्र ईङ्गनाम समक्ष शपथ लिएसगै साँझ अध्यक्ष केरुङले उपाध्यक्ष ,वडा अध्यक्ष सहित सम्पुण नव निर्वाचित जनप्रतिनिधी (वडा नम्वर १ वाहेक ) लाई शपथ गराउनु भएको थियो ।
वडा नम्वर १ बाट निर्वाचित वडा अध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधीले आफ्नो मातृ भाषामा शपथ लिने भनेपछी वडा नम्वर १ बाट निर्वाचित जनप्रतिनिधीलाई जेठ ९ गते सोवबार आफ्नो मातृ भाषामा शपथ गराईने छ ।
शपथ ग्रहण लगत्तै अध्यक्ष उपाध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधीले पदभार ग्रहण गर्नु भएको थियो । पदभार पछि पत्रकार संग संक्षिप्त कुराकानिकका क्रममा अग्रहहरुको सल्लाह सुझाव लिदैं चुलाचुलीको समग्र विकासका साथै सम्पुर्ण चुलाचुली वाशीका हितमा काम गर्ने अध्यक्ष राजेन्द्र केरुङले बताउनु भयो । हिजो चुनावी प्रतिस्पर्धमा हामी आ आफ्नो दल बाट चुनावि मैदानमा थियौ अव निर्वाचित भएपछि हामि सम्पुर्ण चुलाचुली बासीको साझा जनप्रतिनिधी भएकोले कुनै पनि भेदभाव नगरी गाउँवासीको सेवामा लाग्ने केरुङले बताउनु भयो ।
निर्वाचनका समयमा घरदैलो कार्यक्रम गर्दा चुलाचुली बासी थुप्रै महिला दिदी बैनिहरको समस्या बुझ्ने अवसर पाएको छु । ति समस्यालाई समाधान गर्दै त्यसैले सम्पुर्ण महिलाको को विकासकालागी काम गर्दै गर्ने उपाध्यक्ष दिलु लावतीले बताउनु भयो
कार्यक्रममा अध्यक्षमा प्रत्यासी ओमनारायाण खनालले निर्वाचित जनपतिनिधीले गरेका रचनात्मक कार्यलाई प्रतिपक्षमा बसेर सहयोग गर्ने बताउनु भयो ।
त्यसैगरी चुलाचुली गाउँपालिका स्थित निर्वाचन कार्यालयका निर्वाचन अधिकृत तेज प्रसाद प्रसाईले निर्वाचन कार्य सम्पन्न गर्नकालागी दलहरुले पुर्याएको सहयोगको प्रशंसागर्दै धन्यवाद दिनभएको थयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend