कमल । झापा लगाएका कोशी प्रदेशका ३० वटा पालिकामामा सञ्चालनमा रहेको अपाङ्ता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्याक्तिहरुको स्वस्थ्य परिक्षणगरी पुनः स्थापनाकालागि हरेक व्याक्तिको आवश्यकता पहिचान गरी परचयपत्र वितरणका लागि स्थानिय तहको नेतृत्वमा शिविरको आयोजना गर्ने भएको छ ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहकार्यमा यो कार्यक्रम सञ्चालनमा रहेको बुधवार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको हो ।
अपाङ्गता भएका व्याक्तिहरुको स्वस्थ्य परिक्षणगरी परिचयपत्र वितरण वितरणका लागी प्रत्येक पालिकाले आगामी २०८१ साल मंसिर २ गते बाट प्रारम्भ गरी पुष दोस्रो साता भित्रमा सम्पन्न गर्ने योजना रहेको र उक्त शिविर मार्फत झापा जिल्लामा रहेका २३हजार ९ सय ८८ जना अपाङ्ता भएका व्यक्ति लाई शिविर मार्फत परिचय पत्र वितरण गरिने करुणा फाउण्डेशनका वरिष्ठ कार्यक्रम अधिकृत कमल कोईरालाले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष ०८१÷०८२ बाट झापा जिल्लासहित ताप्लेजुङ र तेह्रथुमका ३० वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम विस्तार गरिएको छ । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरु र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहकार्यमा आर्थिक वर्ष ०७६÷०७७ देखि कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा उक्त कार्यक्रम शुरु भएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरुको बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन निर्देशिका–२०७६ बमोजिम उक्त कार्यक्रम विस्तार भएको जिल्लाका स्थानीय तहहरुमा शिविरको आयोजना गर्न लागिएको हो ।
जसअनुसार अर्जुनधारा नगरपालिकामा दुई हजार एक सय १६ जना, कनकाई नगरपालिकामा एक हजार चार सय ८८ जना, गौरादह नगरपालिकामा एक हजार पाँच सय ११ जना, दमक नगरपालिकामा एक हजार नौ सय ३० जना, बिर्तामोड नगरपालिकामा दुई हजार चार सय ४० जना, भद्रपुर नगरपालिकामा एक हजार छ सय ३१ जना, मेचीनगर नगरपालिकामा तीन हजार तीन सय २७ जना र शिवसताक्षी नगरपालिकामा दुई हजार एक सय ४८ जना रहेका छन् ।
त्यसैगरी कमल गाँउपालिकामा एक हजार एक सय ३२ जना, कचनकवल गाँउपालिकामा एक हजार पाँच सय २९ जना, गौरीगञ्ज गाँउपालिकामा सात सय ८१ जना, झापा गाँउपालिकामा सात सय ४७ जना, बा¥हदशी गाँउपालिकामा एक हजार एक सय जना, बुद्धशान्ति गाँउपालिकामा एक हजार तीन सय २५ जना र हल्दीबारी गाँउपालिकामा आठ सय ३३ जना रहेका छन् ।
कार्यक्रम शुरु भएपछि हालसम्म १३ हजार तीन सय ६४ जनाको तथ्याङ्क संकलन भएको छ । जसमा अर्जुनधारा नगरपालिकामा एक हजार दुई सय ९० जना, कनकाई नगरपालिकामा सात सय ३८ जना, गौरादह नगरपालिकामा छ सय ६३ जना, दमक नगरपालिकामा एक हजार ७९ जना, बिर्तामोड नगरपालिकामा सात सय ८९ जना, भद्रपुर नगरपालिकामा नौ सय १३ जना, मेचीनगर नगरपालिकामा एक हजार साच सय ४४ जना र शिवसताक्षी नगरपालिकामा आठ सय तीन जना रहेका छन् ।
त्यसैगरी कमल गाँउपालिकामा आठ सय ८९ जना, कचनकवल गाँउपालिकामा नौ सय छ जना, गौरीगञ्ज गाँउपालिकामा छ सय ३९ जना, झापा गाँउपालिकामा पाँच सय २२ जना, बा¥हदशी गाँउपालिकामा आठ सय ९९ जना, बुद्धशान्ति गाँउपालिकामा आठ सय ७६ जना र हल्दीबारी गाँउपालिकामा छ सय १३ जना रहेका छन् ।
सबै स्थानीय तहको प्रत्येक वडामा आयोजना हुने शिविरमा मेडिकल अधिकृत, अप्थाल्मोलोजिस्ट÷अप्थाल्मो टेक्निसियन(आँखा जाँच गर्न), अडियोलोजिष्ट÷अडियमेट्रिस्ट (कान जाँच गर्ने), फिजियोथेरापिस्ट, क्लिनिकल साईकोलोजिस्टलगायतका प्राविधिकहरुमार्फत् स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई आवश्यक सहायक सामग्रीको नापजाँचलगायत अन्य आवश्यकताहरुको पहिचानसमेत गर्ने व्यवस्था रहेको छ ।
शिविरमा पहिचान भएका अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको आवश्यकता अनुसार स्वास्थ्योपचार, सहायक सामग्री प्रदान, शिक्षा, जिविकोपार्जन, सामाजिकिकरण र सशक्तिकरणका क्षेत्रमा स्थानीय तहहरुले यस कार्यक्रम मार्फत सहयोग गर्ने छन् ।
झापाका १५ वटै पालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना गर्नका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशन बीच सम्झौता भएको र यस आर्थिक वर्षबाट कार्यक्रम शुरु भएको जनाइएको छ ।
त्रिपक्षीय लागतमा जिल्लाका १५ वटै स्थानीय तहमा चालू आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा आएको हो । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तरगत मंसीर २ गतेदेखि झापाका सबै पालिकामा अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन गरिने भएको छ । उक्त शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना, परिचय–पत्र वितरण गरिने बरिष्ठ कार्यक्रम अधिकृत कोइरालाले बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले लक्षित समुदायको हितमा बजेट खर्च गर्नुपर्नेमा जोड दिनुका साथै अपाङ्गता रोकथामका लागि सञ्चार क्षेत्रले गर्ने सहयोगका लागि तयार रहेको भन्दै स्थानीय सञ्चार माध्यमबाट सचेतनाा मुलक सामग्रीहरु प्रकाशन तथा प्रशारण गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य मदन बोहोरा, महासंघका कोशी प्रदेश अध्यक्ष नविन ढुंगेलले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो । नवजात शिशु तथा १० बर्षमुनीका बालबालिकाको स्वास्थ्य जाँच गरी हुनसक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्ति र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रहेर लक्षित समूहलाई सेवा प्रदान गर्ने साथै सरकारी संरचनाको सुदृढीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालित हुने बताइएको छ ।