logo
शुक्रबार, साउन २९ २०८३

कमल ४ को अध्यक्षमा भट्टराई सहित एमालेकोे प्यानलै विजयी


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ ७ २०७९

कमल ,जेठ ७ झापाको कमल गाउँपालिकाको वडा नम्वर ४ को अध्यक्षमा भट्टराई सहित एमालेको प्यानलै विजयी भएको छ ।

कमल गाउँपालिका स्थित निर्वाचन कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार कमल गाउँपालिकाको वडा नम्वर ४ को अध्यक्षमा नेकपा एमालेका चन्द्रप्रसाद भट्टराई सहित एमालेको प्यानलै विजयी भएको छ ।
भट्टराइर्ले सुर्य चिन्नमा १,४७४ मत प्राप्तगरी विजयी हुनु भएको छ भने वहाँका निकटतम् प्रतिष्पर्धी गठबन्धनका सुर्य प्रसाद लिम्बुले दापसहितको खुकुरी चिन्न १,४३४ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी खुल्ला महिला सदस्य तर्फ एमालेकी जमुना खतिवडाले सुर्य चिन्नमा १,६०४ मत प्राप्त गरी विजयी हुनु भएको छ भने दलित महिला सदस्यमा गोमा देवि विश्वकर्माले सुर्य चिन्नमा १,५१५ मत प्राप्त गरी विजयी हुनु भएको हो

खुल्ला पुरुष सदस्यमा नविन राईले सुर्य चिन्नमा १,५४५ मत तथा चतुरभुज सुवेदीले १,४८८ मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन अधिकृत प्रकास गौतमले जानकारी दिनुभयो ।

यसअघी सार्वजनिक भएको मत परिमाण अनुसार कमल गाउँपालिकाको वडा नम्वर १ मा गठबन्धनको तर्फ बाट नेपाली काग्रेसका केदार कटुवाल सहित पुरै टिम विजयी भएको थियो भने वडा नम्वर २ मा नेकपा एस का अशोक सुब्बा सहितको प्यानलै र वडा नम्वर ३ मा नेकपा एकमलका अग्नि प्रसाद कोईराला सहित प्यानलै एमाले र वडा नम्वर ४ मा चन्द्रप्रसाद भट्राई सहित एमालेको प्यानलै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो समाचार तयार पार्दा सम्म कमल गाउँपालिकाको वडा नम्वर १,२,३,४ र ५ सम्मको प्राप्त मतगणनाको पछिल्लो विवरण अनुसार गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका हुकुमसिंह राईले रुख चिन्नमा ८९४४ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने वहाँका निकटतम् प्रतिष्पर्धी एमालेका भिम प्रसाद राईले सुर्य चिन्नमा ६८६७ मत प्राप्त गरी पछ्याई रहनु भएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपानेले सुर्य चिन्नमा ७४६५ मत प्राप्त गर्नु भएको छ भने वहाँका निकटतम् प्रतिष्पर्धी गठबन्धनका पर्शुराम सुवेदीले ६१८४ मत प्राप्त गरी पछ्याई रहनु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend