logo
शुक्रबार, साउन २९ २०८३

केर्खा पब्लिक स्कूलमा शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिम शुरू


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक २१ २०८१

कमल । कमल गाउँपालिका ३ स्थित केर्खा पब्लिक स्कूलमा कार्यरत शिक्षक–शिक्षिकाकालागी क्षमता विकास तथा मन्टेश्वरी तालिम आज बाट शुरू भएको छ ।

विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाको क्षमता विकासका लागी आयोजना गरिएको तालिम आगामी कात्तिक २६ गते सम्म सञ्चालन हुने छ ।
विद्यालयले आयोजना गरेको तालिमको कमल गाउपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

विद्यालयले आयोजना गरेको तालिमले विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई शैक्षिक पेशासँग आधारित क्षमता विकास तथा बालमैत्री शैक्षिक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने शाखा प्रमुख न्यौपानेले बताउनु भयो ।
शिक्षक–शिक्षिकाले समेत नविनतम तालिम तथा प्रविधिहरूसंग जानकार भएमात्र बालबालिकाको चौतर्फी विकासकोलागि सहयोग पुग्ने समेत प्रमुख न्यौपानेले बताउनु भयो ।

त्यस्तै यस प्रकारको तालिम बर्षेनी सञ्चालन गर्दै शिक्षकहरूमा मन्टेश्वरी प्रविधि सम्बन्धी ज्ञान र प्रविधिहरूको उच्चतम् प्रयोगमा सधै लगनशील रहनुपर्ने र बालमैत्री वातावरणमा सरल ढंगले शिक्षण गर्न शिक्षकहरू सधै लागि पर्नुपर्ने विद्यालयका सञ्चालक÷प्रिन्सिपल त्रिलोचन गौतमले बताउनुभयो ।

यो तालिमले शैक्षिक पठनपाठन बालमैत्री ढंगले सरल र सहज तरिकाले मन्टेश्वरी विधिको प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा स्कूलका निर्देशक कृष्णा आचार्य (गौतम) ले बताउनुभयो ।
तालिमको सहजकर्ता मोटिभेशनल स्पिकर तथा शैक्षिक व्यक्तित्व कृष्ण मिश्रले जकिरण गर्ने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend