logo
शुक्रबार, साउन २९ २०८३

श्री नम्वर २१ बाहिनी अड्डा तोपगाछीमा सिंं सं १५ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक १४ २०८१

कमल । श्री नम्वर २१ बाहिनी अड्डा तोपगाछी व्यारेकमा आज सिं.सं. १५ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न भएको छ ।

श्री नम्वर २१ बाहिनी अड्डाका वाहिनी पति युवधिर मान सिंह अधिकारीको अधिकारीको प्रमुख आतिथ्यतामा भएको मार्यक्रममा एकसय ३ जना सैन्य शिक्षार्थीहरु द्वारा अन्ति दलेल कवाज प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा नौ महिना को सैन्य तालिमा सर्वप्रथम हुने र विभिन्न ईभेण्टहरुमा प्रथम हुने शिक्षार्थीहरुलाई वाहिनीपति अधिकारीले पुरस्कृत गर्नुका साथै नव नियुक्त सिपाहीहरुलाई शुसोभन तथा शिक्षकहरुलाई कदर पत्र प्रदान गरिएको थियो । सो अवसरमा बाहिनी पती द्वारा शिक्षार्थीहरुलाई बधाई तथा शुभकाना दिनु भएको थियो ।

कार्यक्रमा विभिन्न युनिटका सुरक्षा प्रमुख ,जनप्रतिनिधी, विभिन्न संघ सस्थाका प्रतिनिधी तथा शिक्षार्थीहरुका अभिभावकको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend