logo
शुक्रबार, साउन २९ २०८३

निरौला हत्या आरोपमा फरार प्रतिवादी पक्राउ


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक ११ २०८१

झापा । दमक नगरपालिकामा यमु  निरौलाको हत्या आरोपमा प्रहरीले ३ जना लाई नियन्त्रणमा लिएको छ ।
गत कात्तिक ६ गते भएकोको घटनामा सम्लग्न व्यात्तिलमई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दमक नगरपालिका ३ स्थित उज्यालो टोल विकास संस्थाको दक्षिण स्थित बगर टोलमा जग्गाको बिषय लिएर विवाद हुँदा दमक नगरपालिका वडा ९ बस्ने बर्ष ३७ को देशु भन्ने यमु निरौलाको हत्या भएको थियो ।

निरौलाको हत्या आरोपमा प्रहरी मोरङ, उर्लाबारी नगरपालिका वडा न.–०६ बस्ने बर्ष ४२ को प्रकाश कार्की, वडा नम्वर ७ बस्ने बर्ष ४९ को ध्रुब गौतम र जिल्ला संखुवासभा मादी नगरपालिका १० स्थायी घर भई हाल जिल्ला झापा, दमक ३ दुम्से बस्ने बर्ष २६ का गणेश दर्जी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


कुटपिटका कारण मृत्यु भएका निरौलाको विषयमा अनुशन्धानकालागी प्रहरीले सोहि दिन प्रकाश कार्की र ध्रुव गौतमलाई र फरार रहेका गणेश दर्जीलाई अनुसन्धानमा खटिएको प्रहरी टोलीले कात्तिक गते काकडभिट्टा बाट पक्राउ गरिएको र घटनामा समयमा घटना स्थलमा रहेको मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारी साधनहरुलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीहरुको समेत तदारुकताका साथ खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend