logo
शुक्रबार, साउन २९ २०८३

कन्काईमा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न।


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक ११ २०८१

कन्काईमा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न।

कन्काई । कन्काइ न पा को वडा नं २ मा न पा को न्यायिक समिति, मेलमिलापकर्ता, वडाका निर्वाचित पदाधिकारी र सामाजिक स्वयंसेवकका लागि कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको छ।

कन्काई नगरपालिकाको समन्वय र कारितास नेपालको आयोजनामा कन्काई नगरपालिका २ नं वडा कार्यालयमा सञ्चालित तालिम शनिबार सम्पन्न भएको हो।

तालिम कन्काई नगरपालिकाको उपप्रमुख तथा कन्काई नगरपालिका न्यायिक समितिको संयोजक आशा शर्मा शिवाकोटीको प्रमुख आथित्यता र वडा नं २ का वडा अध्यक्ष बलराम राईको अध्यक्षतामा मिति २०८१ कार्तिक ९ र १० गते २ दिन सम्म सञ्चालन भएको थियो।

शनिबार सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक शिवाकोटीले मेलमिलाप विवाद समाधानको बैकल्पिक उत्तम उपाय भएको र मेलमिलाप प्रक्रियाबाट विवाद समाधान भएमा छिटो छरितो एवं जित जितको अबस्था भै पक्षहरू बीच सामाजिक सम्बन्ध समेत पुनःस्थापित हुने हुदा मेलमिलापको ठूलो महत्व रहेको बताउनु भयो।

उहाले न पा का सबै वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको र ती मेलमिलाप केन्द्र लक्षित गरेर कानूनी परामर्शको तालिम आवश्यक रहेको हुदा मेलमिलाप कर्ताका लागी बेलाबेला यसरीअन्तरक्रिया छलफल हुनु पर्ने धारणा समेत राख्नु भएको थियो।


सहभागीको तर्फबाट बोल्दै पुष्पप्रसाद ओझा र उषा मैनाली चुडालले तालिममा सिकेको कुरा ब्यवहारमा लागु गरिनेछ भनि बताउनु भयो।

तालिमको सहजीकरण झापा जिल्ला अदालतका शाखा अधिकृत एवं मेलमिलाप प्रशिक्षक रामचन्द्र बस्नेत र अधिवक्ता एवं मेलमिलाप प्रशिक्षक सानू कार्कीले गर्नु भएको थियो भने तालिममा कन्काइ न पा न्यायिक समिति सदस्य, ९ वटै वडाका मेलमिलाप कर्ता सहित २८ जनाको सहभागीको रहेको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend