कमल । लेकबेशी कृषी सहकारी संस्था लि.को १५ औं साधारण सभा सम्पन्न भएको छ ।
कमल गाउँपालिका २ स्थित कार्यलय रहेको सहकारी सस्थाले कमला मदन आश्रीत स्मृती माध्यमिक विद्यालयको सभाहलमा साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको अवसरमा सस्थाले ८० वर्ष माथीका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा जगमाया दाहाल,टेकनाथ भट्राई, टिका कुमारी राई, रामचन्द्र गौतम, चन्द्र प्रसाद गौतम, नैनकला दंगाल, दल बहादुर खड्का, लक्ष्मि प्रसाद पोखरेल, ललिता देवी श्रेष्ठ, कृष्ण प्रसाद ढुंगेल, गणेश प्रसाद श्रेष्ठ, ओम प्रसाद न्यौपाने र होमनाथ भण्डारी लाई दोसल्ला ओडाएर सम्मान गरिएको संस्थाका सचिव ख्यामराज खनालले जानकारी दिनुभयो ।
सस्थाका अध्यक्ष नरप्रसाद दंगालको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथी कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,कृषी शाखा प्रमुख महेन्द्र वोहोरा, सिंहदेवी कृषी सहकारी सस्थाका अध्यक्ष सुर्य प्रसाद लिम्बु,नमुना मुल कृषक समुहका अध्यक्ष योगराज चौहान लगायतले साधारण सभा सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।