logo
शुक्रबार, साउन २९ २०८३

धारमपुर बचत तथा ॠण सहकारी संस्थाले १५ औ बार्षिक साधारणसभामा पत्रकार सहित विभिन्न ब्यक्तिलाई सम्मान


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज ११ २०८१

धरमपुर । धारमपुर बचत तथा ॠण सहकारी संस्थाले आफ्नो १५ औ बार्षिक साधारणसभामा पत्रकार सहित विभिन्न ब्यक्तिलाई सम्मान गर्दै सम्पन्न भएको छ ।

आज धरमपुरमाको फुलबारी रंगशालाको प्रङ्गणमा भएको साधारणसभा शिवसताक्षी १ का वडाअध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ्गको प्रमुख आतिथ्य र संस्थाको अध्यक्ष कुमार शंकरको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन पेश गर्नु भयो । अध्यक्ष शंकरले आ व ०८०/०८१ मा सस्थाको शेयर पुजी ९७ लाख १९ हजार रहेको छ त्यस्तै सस्थाको जगेडा कोषमा ८४ लाख ६१ हजार ४ सय ५९ छ । भने सस्थाले यस आ ब मा कुल आम्दानी ९२ लाख ७१ हजार ३ सय ६४ गरेको र खुद बचत १२ लाख ९ हजार ८ सय ७७ रुपैया गरेको छ भने
सस्थाको वासलात ७ करोड ५१ लाख ६० हजार ५ सय १० रुपैया रहेको बार्षिक प्रतिबेदन मार्फत जानकारी गराउनु भयो । हाल सस्थामा ४ सय ४५ जना शेयर सदस्यहरु रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
अध्यक्ष द्वारा प्रस्तुत प्रतिबेदनलाइ साधारणसभाको बन्दसत्रले सर्ब सम्मत अनुमोदन गरेको छ ।


उक्त साधारण सभाको अवसरमा सस्थाको श्रीबृद्दिको लागि सहकारी क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै धरमपुर साकोस पत्रकारिता पुरस्कार तथा सम्मानबाट झापा शिवसताक्षी ८ का पत्रकार गोबिन ल्वागुनलाई पुरस्कृत गरेको छ । ल्वागुन एक दशकभन्दा अघि देखि झापामा निरन्तर पत्रकारिता गर्दै आइरहनु भएको छ।

नगद् ५ हजार १ सय रुपैया सहित सम्मान पत्र द्वारा पुरस्कृत गर्दै सम्मान गरिएको हो । ल्वागुनलाई बार्षिक साधरण सभाका प्रमुख अतिथि सिवसताक्षी वडा नम्बर १ का अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ्ग सस्थाका सस्थापक अध्यक्ष शुर्यकिरण ढकाल निबर्तमान अध्यक्ष दिपकुमर श्रेष्ठ वडा सदस्य नरयण प्रसाद रिजाल लगायतले दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

संस्थाका ब्यबस्थापक बिनोद ढकालका अनुसार बर्षेनी एकजना पत्रकारलाई साधरणसभाको अवसरमा नगद पुरस्कार सहित सम्मान गरिदै आएको छ ।

सस्थाले सो अवसरमा ४ जना उत्कृष्ट बचतकर्तालाई मायाको चिनो सहित प्रशङ्शा पत्र द्वारा सम्मान गरिएको छ। यसरी सम्मानित हुनेमा नेत्र बहादुर कटुवाल, मुना थापा, दिपक बरुवाल्र शिव कुमारी मैनाली रहेका छ्न । त्यसै गरि उत्कृष्ट ॠणी तर्फ तिर्थकुमारी सेन्दाङ, देबेन्द्र आङ्देम्बे, अम्बर बहादुर कार्की र इन्द्रमाय गुरुङ रहेका छ्न । उनी हरुलाइ पनि मायाको चिनो सहित प्रसङ्शा पत्रले सम्मान गरिएको थियो ।


कार्यक्रममा  प्रमुख अतिथि चेम्जोङ्ले सहकारीले बचत गर्ने बानी बसाल्दा ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई उद्यमी बन्न प्रेरित गरेको बताए । थोरै थोरै गरेको बचतले ठूलो काम गर्न सकिन्छ । कतिपय सहकारीहरु सहकारी ऐन नीति विपरित चल्दा डुबेका पनि छन् । त्यसलाइ नियम गर्ने निकायले बेला बेलामा अनुगमन गर्दै जानु आवश्यक रहेको प्रमुख अतिथि चेम्जोङ्ले बताउनु भयो ।
अबिरल पानी झरीको बाब्जुत पनि उल्लेख्य मात्रमा शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको स्वगत मन्तब्य सस्थाका उपाध्यक्ष चन्द्रकुमार खड्का बोल्नु भएको थियो भने कार्यक्रम सचालन सस्थाका सचिब नारदमणि रिमाल र सस्थाका ब्यबस्थापक बिनोद ढकाले सङ्युक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend