logo
मंगलबार, कार्तिक ११ २०८३

तिज विशेष डुडामारी हाउजी मिनि महोत्सव असोज ६ गते सम्म संचालन हुने


  • कुइनेटो न्युज
  • बिहिबार, असोज ३ २०८१

डुडामारी । तिज विशेष डुडामारी हाउजी मिनि महोत्सव असोज ६ गते सम्म संचालन हुने भएको छ ।

गत भदौ १९ गतेबाट सुरुभएको महोत्सव असोज ६ गते सम्म सन्चालन हुने आयोजक नया गोरेटो प्रतिस्ठान का सचिब बालाङ लिम्बुले जानकारी दिए । उनका अनुसार बिध्यार्थीहरुको आउन लागेको आर्धबार्षिक परिक्षालाइ मध्यनजर गर्दै महोत्सव ६ गते आइतबार सम्म सन्चालन हुने बताए ।
महोत्सवमा विभिन्न रास्ट्रीय तथा स्थानीय कलाकरहरुको बेजोड प्रस्तुति हुँदै आएको छ ।
महोत्सवमा एलिना चौहान, श्रीकृष्ण लुइँटेल (बोके दारी) नबिना सिलवाल (खुइली) सहित वाइ बि डान्स सेन्टर र रोयल डान्स सेन्टरका कलाकार हरुले नृत्य द्वार मनोरञ्जन गराइ रहेका छ्न ।
महोत्सवमा चाडै बहु चर्चित गायिका ज्योती मगरलाइ समेत ल्याउने तयारी भैइ रहेको आयोजक नयागोरेटो प्रतिस्ठनका अध्यक्ष धन बहदुर चेम्जोङ्ग (दिनेश)ले जानकारी दिएका छन । उनका अनुसार महोत्सब बाट भएको आम्दानीको केही हिस्सा सामजिक कार्यमा खर्च गरिने समेत बतएका छ्न ।
महोत्सवले आन्तरिक व्यापार प्रवर्द्धन सङ्गै डुडामारीलाइ देश बिदेश सामु चिनाउन मद्दत पुग्ने भएकोले कृपया सबै जना सहभागी भएर मेलाको मनोरञ्जन लिनुहुन आग्रह गर्दछौ अध्यक्ष दिनेश चेम्जोङ्ले भने ।
प्रत्येक दिन कलाकारको साङ्गितिक प्रस्तुति पछि हाउजी बिङ्गो तम्बोला खेल समेत खेलाइ रहेको आयोजकको भनाइ छ । कन्काइ वल्ड फनको इभेन्ट म्यानेजमन्ट रहेको महोत्सवमा नयाँ गोरेटो प्रतिष्ठानको आयोजना रहेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend