कमल । लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व निर्माणका लागि हिजो भाद्र ३१ गते सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
पछिल्लो प्राप्त मत परिणाम अनुसार अध्यक्षका प्रत्याक्षी उषा भण्डारीले ५०६ मत प्राप्त गर्नु भएको छ भने डम्बर बहादुर निरौलाले ४२९ , राज कुमार न्यौपाने १७८ कृष्ण बहादुर भण्डारीले १२९ र खेमराज गुराँगाईले २७ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै उपाध्यक्षमा दिनेश अधिकारी ३९४ मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ भने प्रमोद दाहाल ३१५, गंगा प्रसाद पाण्डे २८९ र बिनोद खरेलले १४६ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै सचिव पदकालागी भएको निर्वाचनमा याम कुमार सुब्बा सम्वाहाम्फेले ५०९ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने हरिप्रसाद घिमिरे ३३८ र निधिरत्न अधिकारीले २०५ मत प्राप्त गर्नु भएको छ ।
सह सचिवकालागी भएको निर्वाचनमा धनकुमारी राई ७२२ ,विमलादेबी भट्टराई २४० र गोमा तिवारीले १५४ मत प्राप्त गर्नु भएको छ ।
लेखा समितिको संयोजकमा युवराज कार्की ३१७ पशुपति कुमार धिताल ३१४ र धर्मेन्द्र भट्टराईले २४७ मत प्राप्त गर्नु भएको छ ।
क्षेत्र नम्वर १,२ र ३ को अन्तिम मत परिणाम आईसक्यो
खानेपानी तथा सरसफाई उपभोक्ता समिति भएको सदस्यको आधारमा ५ वडा क्षेत्रमा विभाजन गरीएको मा क्षेत्र नम्बर १,२र३ क्षेत्रको अन्तिम मतपरिमाण आई सकेको छ ।
जसमा क्षेत्र नम्वर १ बाट खुल्ला सदस्यमा हेमराज कार्कीले (भिम) २१७ मत ल्याएर विजयी हुनुभएकोछ भने महिला सलस्यमा कमला राई गुरुङ्गले ३१३ मत प्राप्त गरी विजयीहुनु भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै क्षेत्र नम्वर २ को खुल्ला सदस्यमा ईश्वर बुढाथोकीले ३३९ मत प्राप्तगरी निर्वाचित हुनु भएको छ भने महिला सदस्य तर्फ २३५ मत प्राप्तगरी लोविता राई निर्वाचित हुनुभएको छ ।
क्षेत्र नम्वर ३ बाट खुल्ला सदस्य तर्फ निर कुमार श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक दिपेन्द्र लामिछानेले बताउनुभयो ।
३ हजार ६ सय ११ जना मतदाता संख्या रहेको खानेपानीमा हिजो सम्पन्न निर्वाचनमा जम्मा २ हजार ८ सय ९८ मत खसेको थियो भने अन्तिम मतपरिणाम आज बेलुका ४ बजे सम्ममा आउने निर्वाचन समिति संयोजक लामिछानेले बताउनुभयो ।