logo
शुक्रबार, साउन २९ २०८३

याक्थुङ स्टार सिजन २ असोज ५ गते देखी सञ्चालन हुने


  • उमानाथ भण्डारी
  • आइतबार, भाद्र ३० २०८१

कमल । याक्थुङ स्टार सिजन २ सञ्चालन हुने भएको छ ।

“याक्थुङ भाषा याक्थुङ लिपी याक्थुङहरुको मौलिकता र अस्तित्व बचाउने याक्थुङ स्टारको अभियान” भन्ने नाराका साथ अमर कृती म्युजिक प्रा.लिको आयोजनामा याक्थुङ स्टार सिजन २ हुन लागेको हो ।

आगामी असोज ५ गते (२१ सेप्टेम्बर २०२४) का दिन बिर्तामोड स्थित विर्ता पार्टी प्यालेसमा औपचारिक रुपमा देश विदेश बाट आउनुभएका अथितीका बिच कार्यक्रम उद्द्धाटन गरिने आयोजकले ले जनाएको छ ।

सिजन २ मा नेपाल, भारत र भुटानका कलाकार सहभागी हुने छन् भने एउटा एपिसोड भारतको सिक्किममा समेत सञ्चालन हुनेछ ।

प्रतियोगिताको फाइनल झापाको बिर्तामोडमा हुने याक्थुङ स्टार सिजन २ को संयोजक तथा अमर कृती म्युजिक प्रा.लि.का अध्यक्ष ब्रोसिस माबोहांगले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले ४ लाख नगद सहित ट्रफी प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् भने द्वितीय हुनेले नगद २ लाख ५० हजार सहित ट्रफी, प्रमाण पत्र र मेडल तथा तृतीय हुनेले नगद १ लाख ५० हजार सहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने संयोजक माबोहांगले बताउनुभयो ।

याक्थुङ स्टार सिजन २ मा निर्णायक मण्डलमा सन्चमान ताम्लिङ, प्रमोद मावो (लिम्बू), सुनिता सिङ्यक रहनुहुनेछ भने सल्लाहकारमा अन्जना नाल्वो, अईतहाङ लिम्बू र वि वि सेर्मा रहनुहुने आयोजकले जनाएको छ ।

गत वर्ष सम्पन्न याक्थुङ स्टार सिजन १ को सफलता पछि पुन सिजन २ गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend