कमल जेठ १ झपाको कमल गाउँपालिका वडा नम्वर १ मा गठबन्धनको प्यानलै विजयी भएको छ ।
कमल गाउँपालिका स्थित निर्वाचन कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार कमल गाउँपालिकाको वडा नम्वर २ को वडा अध्यक्षमा अशोक सुब्बा सहित गठबन्धनको प्यानलै विजयी भएको हो ।
गठबन्धनका तर्फ बाट सामजवदीका २७ वर्षिय अशोक सुब्बाले १५८९ मत प्राप्त गरी विजयी हुनु भएको छ भने वहाँका निकटतम् प्रतिद्घन्दि एमालेका धन बहादुर बस्नेतले ८०७ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी खुल्ला महिला सदस्य तर्फ गठबन्धनकी कल्पना राई १६८३,सोममाया नेपाली दर्जी १२२३, भिम बहादुर कार्कि १६७४ महेश खत्री १२१२ प्राप्तगरी विजयी हुनु भएको छ ।
यसअघी वडा नम्वर १ मा समेत गठबन्धनको पुरै टिम विजयी भएको थियो ।