logo
शुक्रबार, साउन २९ २०८३

सिंहदेवीको १३ औं वार्षिक साधारण सभा सम्पन्न


  • उमानाथ भण्डारी
  • बुधबार, भाद्र २६ २०८१

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री सिंहदेवी मन्दिर व्यवस्थापन समितिको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभा कमल गाउँपालिका ३ स्थित सिंहदेवी मन्दिर सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको थियो ।व्यवस्थापन समितिका अध्यक्ष धन राज गिरी प्रतिवेदन प्रस्तुत गर्दै मन्दिरको जग्गा घेराबारा गर्ने , भौतिक संरचना निर्माण गर्ने, हाल सन्चालमा रहेकोसामुदायिक भवनलाई सुविधा सम्पन्न सभाहल बनाउने लगाएतका कार्यक्रम रहेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

स्थानीय तहले पछिल्लो समयमा विकास निर्माणको बहानामा सडक निर्माणलाई मात्र प्राथमिकता दिएको छ । धार्मिक पर्यटन तर्फ कसैको ध्यान पुगेको छैन । मन्दिर व्यवस्थापन समितिले यस तर्फ ध्यान दियोस् यसका लागी आफूले सक्दो सहयोग गर्ने कम गाउँपालिका३नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले बताउनु भयो ।

साधारण सभा सफलताको शुभकामनाका क्रममा समाजसेवी चक्र बहादुर गुरुङ्ग, केदार चापागाईँ लक्ष्मण बोहोरा, मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोला कोइराला, हाम्रो टोल विकास संस्थाका अध्यक्ष आशिस लेछर्वो , वैदिक सनातन धर्म संरक्षण समिति कमल गाउँपालिका अध्यक्ष गंगाराम रिमाल लगायतले मन्दिर निर्माणमा स्थानीय केही व्यक्तिको तर्फ बाट समय समयमा विवाद श्रृजना गर्ने र मन्दिरका तर्फ बाट निर्माण हुदैगरेको काममा अवरोध गर्ने भएकोले त्यस्ता व्यक्तिलाई समाजले छुट दिनुनहुने भन्दै सबै मिलेर मन्दिरको निर्माणमा लाग्नुपर्ने सुझाव सहित साधारण सभा सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रम गजलकार विवश वलिभन्द्र कोइरालाले सञ्चालन गर्नु भएको थियो भने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष निर्मला नेपालले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend