कमल । झापाको शिवसतासी नगरपालिका १ शुक्रवारे बजारमा आज एक कार्यक्रमका बिच खेलकुद सामाग्री वितरण गरिएको छ ।
“ग्रामीण क्षेत्रमा खेलकुदको विकास,दुव्र्यसन न्यूनिकरणको निकास” भन्ने नाराका साथ लागू औषध दुव्र्यसन सचेतनाका लागी खेलकुद सामाग्री वितरण गरिएको थियो ।
समाज सेवी दुर्गा नेम्वाङ्गको पहलमा झापाको शिवसतासी नगरपालिका १ मा रहेका विभिन्न खेलकुद समितिलाई व्यडमिटन, भलिवल, फुटबल तथा खेलाडीका लागी आवश्यक जर्सी वितरण गरिएको थियो ।
कोशी प्रदेशका पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी सन्देसले कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा राज्य र प्रहरीको एकल प्रयासले मात्र दुव्र्यसन न्यूनिकरण गर्न सम्भव छैन । समाज बाट दुव्र्यसन न्यूनिकरण गर्न कसैको एक्लो प्रसारले मात्र सम्भव नहुने भन्दै यसका लागी सबै मिलेर लागे मात्र दुव्र्यसन न्यूनिकरण गर्न सकिने दर्लामीले बताउनु भएको छ ।
समाज बाट लागू औषधको न्युकिरण गर्ने एक मात्र उपाय भनेको खेलकुद हो । खेलकुदको माध्यम बाट मात्र समाजमा लागु औषधका साथै विभिन्न प्रकारका आपराधिक घटनालाई न्यूनिकरण गर्न सकिन्छ यसका लागी समाज सेवी दुर्गा नेम्वाङ्ले गरेको कामको प्रशंसा गर्दै झापा जिल्लालाई दुव्र्यसन मुक्त जिल्ला बनाउन झापाका सबै पालिका लागिपरेको शिवसतासी नगरपालिकाका प्रमुख मेघहाङ्ग थोप्रा रोशनले बताउनु भयो ।
झापा मात्र नभएर कोशी प्रदेश भरिनै अहिले लागूऔषध प्रयोग कर्ता बढी रहेका छन् । यसलाई न्यूनिकरण गर्न प्रहरी एक्लैको प्रयास सम्भव छैन । अव प्रत्येक घरघर बाटै यसको न्यूनिकरणमा जुट्नु पर्ने वेला आएको छ ।
त्यस्तै खेलकुदले युवाहरूको शारीरिक साथै मानसिक विकास गर्ने भएको हरेक युवालाई खेलकुदमा जोड्नु पर्ने कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) चन्द्र कुबेर खापुङले बताउनु भयो ।
युवाहरू दिनानुदिन लागू औषध दुर्व्यसनी फसिरहेका छन् त्यसलाई खेलकुदको माध्यम बाट बाहिर निकान्ल र सभ्य समाज निर्माण गर्नका लागी खेलकुदका सामाग्री वितरण गरिएको आयोजक दुर्गा नेम्वाङ्ले बताउनुभयो
कार्यक्रम जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसी, नेपाल पत्रकार महासङ्घ झापाका सचिव डिकेश लामा, सतासीधाम जेसिजका अध्यक्ष दारुमान राई, खेलाडी रविन थापा, दूधेबाट व्यवस्थापन समितिका अध्यक्ष तथा युव उद्यमी सन्तोष थोप्रा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम देशराज नेम्वाङले सञ्चालन गर्नुभएको थियो भने समाजसेवी ज्ञानेन्द्र तिम्सिनाले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।