दमक । झापाको दमकमा गौहत्या भएको छ ।
दमक १ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा मंगलबार राती गौ हत्या भएको पाईएपछि स्थानीय आक्रोसित भएका छन् ।
आक्रोसित स्थानिय वासिले घटनाको तथ्य सत्य खोजी गरी दोषीलाई कडाभन्दा कडा कानुनी कार्वाही गर्न प्रहरीलाई चौतर्फी दबाव दिईरहेका छन् ।
अज्ञात समुहले स्थानीय गङ्गाराम कोइरालाको गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २ सय मिटर नजिकै प्लटिङको खाली जमिनमा बन्चराले हानेर हत्या गरिएको स्थानियले बताएका छन् ।
घटनास्थलमा प्रहरी र जनप्रतिनिधि सहित स्थानीयहरु बिहानैदेखी ठूलो सङ्ख्यामा भेला भएका गौ हत्या गर्नेको खोजि गरिएको बताईएको छ ।
प्रारम्भिक अनुसन्धानमा गाईको हत्या गरी खुन , घाँटी र गर्धनको मासु काटेर लगेको अवस्थामा गाई फेला परेकोहुँदा घटनाबारे थप अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।