कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषय लिएर विगत केहि दिन देखी विद्यालयमा पठनपाठनमा अवरोध भएको प्रति विद्यार्थीले आज विभिन्न निकायलाई ध्यानाकर्षण गराएका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीले यसरी विद्यालयको पठनपाठनमा अवरोध पुग्नु भनेको विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषय भएको भन्दै समस्यालाई विद्यालय क्षेत्र भन्दा बाहिर नै मिलाउनु पर्ने भन्दै व्यवस्थापन समिति, वडा कार्यालय र प्रहरी चौकी केर्खा को ध्यानाकर्षण गराएका हुन् ।
ज्येष्ठताको आधारमा प्रधानाध्यापक हुन पाउने प्रावधान अनुसार विद्यालय व्यवस्थापन समितिले गत २०८१ साल साउन ३० गते विद्यालयमा कार्यरत स्थायी शिक्षकहरू मध्ये ज्येष्ठताका आधारमा शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापकमा नियुक्ति गरे पछी झुटो आरोप लगाएर फसाउन खोजेकोले विद्यार्थीले सबै ध्यानाकर्षण गराएको १२ मा अध्ययनरत छात्रा तथा कमल गाउँपालिका ३ नम्बर वडाकी वाल सञ्जालकी अध्यक्ष श्रीयानसी ढुङ्गेल बताउनुहुन्छ ।
विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयले नै यो समस्या आएको हो हामि लाई प्रधानाध्यापक भन्दा पनि विद्यालयको पठनपाठन शान्ति पुर्ण वातावरणमा होस भन्ने हामी चाहन्छौ । विद्यालय भित्र गैर अभिभावका साथमा क्यामेरा बोकेका मानिसहरू सङ्घर्ष समितिका नाममा विद्यालयमा प्रवेश गरी शैक्षिक वातावरण अशान्त नबनाउनका लागी हामिले यो ध्यानाकर्षण पत्र बुझाएको हो । विषय प्रति केही असन्तुष्ट पक्षले मात्र यो विवाद सृजना गरेको हो । विद्यालयका वाल सञ्जालका अध्यक्ष लक्षण चौधरी बताउनुहुन्छ ।
२०८१ साल साउन २९ गते कमल गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्नु भनी नवराज नेम्वाङलाई अनुरोध गरेको पत्र अनुसार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति नगरेको विषयलाई लिएर केही अभिभावक लगायत गैर अभिभावक लगायत मानिसहरूको भिड क्यामेरा सहित विद्यालय भित्र प्रवेश गरी शिक्षकहरूलाई जथाभावी गाली गलौज र धम्कीको भाषा प्रयोग गरेको विद्यालय प्रकाशनले जनाएको छ ।
कसैको स्वार्थ पुरा गर्न झुटो आरोप लगाई शिक्षकलाई दुःख दिएरको प्रति समेत विद्यार्थीले दुख व्यक्त गर्दै विद्यालय भित्र गैर अभिभावक प्रवेश गरि अवान्छित गतिविधिहरू बन्द गरी विद्यालयलाई शान्ति क्षेत्रको बनाउनु पर्ने व्यवस्थापन समितिका का अध्यक्ष लेखनाथ खतिवडा बताउनुहुन्छ ।
खतिवडाका अनुसार व्यवस्थापन समिति ले नियम सङ्गत नै प्रधानाध्यापक नियुक्ति गरेको छ । तर यस विषय प्रति केही असन्तुष्ट पक्षले मात्र यो विवाद सृजना गरेको हो । यसलाई छिट्टै समाधान गर्ने तर्फ व्यवस्थापन समिति लागी परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खतिवडा बताउनु हुन्छ ।
विद्यालय हाताभित्र निर्विवाद रुपमा अध्ययन अध्यापन गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्पूर्ण अभिभावक, विद्यार्थी, संघ, संगठन, राजनीतिक दल, शिक्षाप्रेम, बुद्धिजीवी लाग्नु पर्ने हुन्छ ।