कमल । कमल गाउँपालिका ३ शिवालय डाँडाटोल स्थित श्री लक्ष्मीनारायण भजन मण्डलीको ७ औं वार्षिकोत्सव तथा तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न साधारण सभाको कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा ३ नम्बर वडामा निवर्तमान अध्यक्ष नरप्रसाद दंगाल, केर्खा पब्लिक स्कुलका फाउण्डर प्रिन्सिपल त्रिलोचन गौतम लगायतले वार्षिकोत्सव तथा तेस्रो साधारण सभाको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमा शिवालय डाँडाटोल विकास संस्थाका अध्यक्ष मछिन्द्र लुङ्गखिम्वा, रोशन टेन्ट एण्ड क्याटरिङ्गका प्रोपाइटर रोशन श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम गंगारमा रिमालले सञ्चालन गर्नु भएको थियो भने सङ्गीता मैनालीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।
मण्डली द्वारा विभिन्न व्यक्तिलाई पुरस्कृत
लक्ष्मीनारायण भजन मण्डलीको ७ औं वार्षिकोत्सव तथा तेस्रो साधारण सभाको अवसर पारेर विभिन्न व्यक्तिलाई पुरस्कृत गरीएको छ ।
यसरी पुरस्कृत हुने हरुमा ज्येष्ठ नागरिक तर्फ चक्र बहादुर थापा, भक्त बहादुर श्रेष्ठ र गणेश खनाल, असल ऋणी तर्फ विष्णु संग्रौला , भजन कीर्तन स्थापना गर्न सहयोग पुर्याए वापत शान्ता भट्टराई , वाद्यवादन तर्फ नर बहादुर भण्डारी, भजन प्रस्तुति तर्फ रिता नेपाल (सबै भन्दा कान्छो उमेर समुह ) नृत्य तर्फ जीवन श्रेष्ठ र निरन्तर योग अभ्यासमा सहभागी हुनेहरुमा लोकनाथ भण्डारी , तुलसा भण्डारी, दुर्गा दाहाल, शान्ता भट्टराई होमा भट्टराईलाई पुरस्कृत गरिएको थियो ।
लक्ष्मीनारायण भजन मण्डलीको अध्यक्षमा पुन ः लोकनाथ
कमल गाउँपालिका ३ शिवालय डाँडाटोल स्थित श्री लक्ष्मीनारायण भजन मण्डलीको आगामी तिन वर्षे कार्यकालका लागी अध्यक्षमा पुन लोकनाथ भण्डारी निर्वाचित हुनुभएको छ ।

सल्लाहकार समिति
कृष्ण अष्टमीको अवसर पारेर सोमवार साँझ सम्पन्न ७ औं वार्षिकोत्सव तथा तेस्रो साधारण सभा बाट मण्डलीको उपाध्यक्षमा गंगाराम भट्टराई सचिव भुवन भट्टराई सह सचिव यशोदा गौतम कोषध्यक्ष मेनुका तिम्सिना दाहाल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक हिम प्रसाद दाहालले जानकारी दिनुभयो ।

कर्जा समिति
त्यस्तै सदस्यमा अन्जना रिमाल, कुसुम पौडेल, संगीता मैनाली, नर बहादुर भण्डारी, मीना भट्टराई, पुष्पा गिरी , तारा पौडेल र हरी ढुङ्गांना सर्वसम्मत निर्वाचित हुनुभएको संयोजक दाहालले बताउनु भयो ।

लेखा समिति
त्यसैगरी लेखा समितिको संयोजकमा कुमार ढुङ्गेल तथा सदस्यमा मुना खनाल र प्रमिला बानियाँ कर्जा समितिको संयोजकमा धनराज कोइराला र सदस्यमा शान्ता भट्टराई ,रिता नेपाल तथा सल्लाहकार समितिको संयोजकमा गंगारामा रिमाल र सदस्यमा कमल घिमिरे र पिङ्गला भट्टराई समेत सर्वसम्मत निर्वाचित हुनुभएको संयोजक दाहालले जानकारी दिनुभयो ।