logo
शुक्रबार, साउन २९ २०८३

शहीद धर्म भक्तमा.वि.मा विद्यालय विकास प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्ति हुने


  • कुइनेटो न्युज
  • शुक्रबार, भाद्र ७ २०८१

कमल । कमल गाउँपालिका ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा विद्यालय विकास प्रस्तावका आधारमा प्रधानाध्यापक छनौट हुने भएको छ ।
विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विगत केही दिन देखि उत्पन्न समस्यालाई अन्त्य गर्दै दीर्घकालिक समाधानका लागी कमल गाउँपालिका शिक्षा समितिले यस्तो निर्णय गरेको हो ।

गाउँपालिका शिक्षा समितिको विहीवार बसेको बैठकले विद्यालय व्यवस्थापन समितिले भदौ ९ गते सम्ममा विद्यालय विकास प्रस्ताव सहित प्रधानाध्यापक छनौट प्रकृयाको सूचना आहान गरि थप प्रकृया अगाडि बढाउनकालागि विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको कमल गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख सूर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend