कमल। कमलनगर जेसीजले विभिन्न कार्यक्रम गर्दै ९ औं वार्षिक उत्साव तथा जेसीज सप्ताह २०२४ को उद्घाटन गरेको छ ।
कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी देवीप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न ९ औं वार्षिक उत्साव तथा जेसीज सप्ताह २०२४ उद्घाटन कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमीला न्यौपाने तिवारीले गर्नु भएको थियो ।
कार्यक्रमा वर्ष १८ का अध्यक्ष जेसी केदार कटुवालले कार्यक्रको औचित्यमाथी प्रकाश पार्नु भएको थियो । जेसिआई सिनेटर हेमन्त रिजाल र आजिवन सदस्य जेसी लेखनाथ खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कमल गाउँपालिका वडा न ३ का वडा अध्यक्ष अग्नी कोइरालाका साथै जेसीजका सदस्य ,बोर्डका पदाधिकारी सिनेटर,आजिवन सदस्य पूर्व अध्यक्ष लगायतको उपीसथती रहेको थियो ।
कमल नगर जेसीज वर्ष २०२४ सप्ताहा कार्यक्रमको मुल संयोजक कमलनगर जेसीज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी लोक वहादुर खड्का ,रहनु भएको थियो भने संयोजकमा कमलनगर जेसीज वर्ष २०२४ का उपाध्यक्ष जेसी अशोक कार्की रहनु भएको थियो।
कार्यक्रम केक काटेर भव्यताका साथ सम्पन्न भएको थियो भने सो कार्यक्रमको सञ्चालन कमलनगर जेसीज वर्ष २०२४ का महासचिव जेसी रोशन अधिकारीले गर्नु भएको थियो ।
शैक्षिक सामग्री वितरण
जेसीज सप्ताह अन्तर्गत पहिलो दिन कमल गाउँपालिका वडा नम्वर १ स्थित कालिका आधारभुत विध्यालयमा अध्यायनरत विध्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष देवीप्रसाद दाहालले जानकारी दिनुभयो ।