logo
शुक्रबार, साउन २९ २०८३

प्रभु बैंकको दोस्रो विज्ञप्ति : नक्कली कागजात बनाउने कार्यमा सिटौलाको व्यक्तिगत संलग्नता


  • कुइनेटो न्युज
  • सोमबार, साउन २१ २०८१

बिर्तामोड । प्रभु बैंक लि. ले बिर्तामोड शाखा कार्यालयको कारोबार सम्बन्धमा दोस्रो विज्ञप्ति जारी गर्दैं नक्कली कागजात बनाउने कर्यमा बैंकका तत्कालीन कर्मचारी प्रमोद सिटौलाको व्यक्तिगत संलग्नता रहेको जनाएको छ ।

सामान्य बैंकिङ अभ्यास बिपरित सम्बन्धित खातामा रकम नै दाखिला नगरी नक्क्ली कागजात बनाउने कार्यमा सिटौलाको संलग्नता रहेको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

सिटौला हाल बैंकको सम्पर्क बाहिर रहेकोले उनी उपर बैंकको कर्मचारी विनियमावली बमोजिम कार्बाही अघि बढाइएको बताइएको छ ।

प्रभु बैंक लिमिटेडको बिर्तामोड शाखा कार्यालयको कारोबार सम्बन्धमा बैंकद्वारा जारी प्रेश विज्ञप्ती

प्रभु बैंक लि . को झापा जिल्लास्थित विर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने सम्बन्धमा मिति २०८१र०४र१६ मा विभिन्न समाचार माध्यमहरुमा प्रसारित समाचार प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको छ। उक्त शाखा कार्यालयका निक्षेपकर्ताले मुद्दती रसिदको रकम फिर्ता पाऊँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ बैंकबाट आन्तरिक छानविन गर्दा पेश हुन आएका कागजातहरु बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा बैंकबाट थप छानविन भैरहेको छ।

सामान्य बैंकिङ्ग अभ्यास विपरित सम्बन्धित खातामा रकम नै दाखिला नभई नक्कली कागजात बनाई प्रदान गर्ने कार्यमा बैंकका तत्कालीन कर्मचारी प्रमोद सिटौलाको व्यक्तिगत संलग्नता रहेको बैंकको प्रारम्भिक छानविनबाट खुल्न आएको र हाल निज बैंकको सम्पर्क बाहिर रहेको समेतका आधारमा निज उपर बैंकको कर्मचारी विनियमावली बमोजिमको कारवाही शुरु भैसकेको छ। उक्त घटनामा निज प्रमोद सिटौला लगायत अन्य व्यक्तिहरु कोही संलग्न भएको भए प्रचलित कानुन बमोजिम अनुसन्धान गरी उक्त कानुन प्रतिकृतको कार्यमा संलग्न दोषी उपर कानुन बमोजिमको कारवाहीका लागि आवश्यक प्रक्रिया समेत अगा डि बढाईसकिएको छ। उक्त घटनाका सम्बन्धी अनुसन्धानको क्रममा बैंकको तर्फबाट पूर्ण सहयोग उपलब्ध हुने व्यहोरा समेत सबन्धित सबैमा जानकारी गराउँदछौ ।

आवश्यक छानविन तथा प्रचलित कानुन बमोजिमको कारवाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारवाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको छ। देशैभर २८३ एटिएम र ३१४ शाखा कार्यालयहरु समेतको सञ्जाल मार्फत् अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंक लि। आफ्‌ना निक्षेपकर्ता, ग्राहक तथा सेवाग्राहीहरुको हक हितको पुर्ण सुरक्षा हुनेगरी गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहको लागि कटिबद्ध रहेको व्यहोरा समेत बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुलाई जानकारी गराउँदछौं ।

मनि राम पोखरेल
नायब प्रमुख कार्यकारी अधिकृत
मिति स् २०८१र०४र२१

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend