logo
शुक्रबार, साउन २९ २०८३

झापा जिल्ला अदालतमा स्वचालित पेशी प्रणाली लागु


  • कुइनेटो न्युज
  • बुधबार, साउन १६ २०८१

कमल । झापा जिल्ला अदालत लगायत देश भरका अदालतमा आर्थिक बर्ष २०८१÷०८२ देखी स्वचालित पेशी प्रणाली लागू भएको छ।

अदालतहरूमा फरक मुद्दा ब्यबस्थापन प्रणाली (म्ऋः) अनुरुप स्वचालित पेशी प्रणाली लागु भए पछी स्वचालित पेशी प्रणालीको सम्बन्धमा कानुन ब्यबशायीबाट उठाइएका जिज्ञासालाई सम्वोधन गर्ने उदेश्यले बार र बेच्च अन्तरक्रिया बैठक समेत सम्पन्न भएको छ ।

झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोक कुमार बस्नेतको अध्यक्षतामा झापा जिल्ला अदालतको सभाहलमा भएको बार बेन्चको बैठकमा झापा जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाश कुमार अधिकारी, तेजबहादुर खड्का, ईश्वरमणी ओझा, नगेन्द्र केशरी पोखरेल, श्रेस्तेदार किरण कुमार सिंह लगायत शाखा अधिकृत कर्मचारीहरु तथा बारको तर्फबाट बार अध्यक्ष नारायण प्रसाद भट्टराई, उपाध्यक्ष भिम प्रसाद वराल, बार आबद्द बरिस्ठ अधिवक्ताहरु टंक उप्रेती, कुलप्रसाद दाहाल लगायत नेपाल बार एशोसियसनका उपाध्यक्ष सुरज खत्री, पूर्व उपाध्यक्ष अशोक कुमार पोखरेल लगायत जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख समेतको उपस्थिति रहेको थियो।

अदालतमा लागु गरिएको स्वचालित पेशी प्रणाली साथै सरल, सामान्य र विशेष मार्ग समूहमा रहने मुद्दा, मेलमिलाप प्रक्रिया आदी बारेमा अदालत र बार पदाधिकारी बीचमा छलफल भएको थियो ।

मिति २०८१ साउन १ देखी देशभरका जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली लागू गरिएकोमा स्वचालित पेशी प्रणालीबाट अब पेशी प्रणालीमा मानविय हस्तक्षेप कम हुने र अदालत प्रति जनताको जनविश्वास बढ्ने देखिन्छ भनी प्रमुख न्यायाधीश अशोककुमार बस्नेतले बताउनु भयो ।

त्यसैगरी मुद्दा दर्ता भए पछी मुद्दा पेशीमा केही कानुन ब्यबसायी एवं कर्मचारीको मिलोमतोबाट पेशी अगाडी या पछाडि सारी मुद्दामा चलखेल हुने गुनासो आउने गरेकोमा अब र स्वचालित पेशीले मानविय हस्तक्षेप रोकिने झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले बताउनु भयो ।

बर्षौ सम्म मुद्दा पेशीमा नचढ्दा सर्वसाधारण अदालत धाउनु पर्ने वाध्यताको अन्य हुने भनि माननीय न्यायाधीश तेजबहादुर खड्काले बताउनु भयो।

कर्मचारीले समेत उच्च मनोबलका साथ काम गर्ने र अदालत सुधार हुने भनि श्रेस्तेदार सिंह ले आफ्नो धारणा राख्नु भएको थियो ।
बार र बेच्च बैठकमा मेलमिलाप प्रक्रियालाई थप ब्यबस्थित बनाउने बिषयमा समेत अन्तरक्रिया भएको थियो।

यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएकोमा अव स्वचालित प्रणाली लागू हुने भएको छ। सर्वोच्च अदालत र उच्च अदालतमा स्वचालित पेसी प्रणाली सुरु गरि सकिएको र यो प्रणालीबाट सकारात्मक परिणाम देखिएपछि सबै जिल्ला अदालतहरूमा स्वचालित प्रणाली लागू भएको अदालत प्रशासनले जनाएको छ।

पेशी प्रणालीले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने विश्वास गरिएको छ। स्वचालित प्रणाली लागू भएपछि महिनौँसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागू गर्न सुझाव दिनुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend