logo
शुक्रबार, साउन २९ २०८३

७१ करोड ८४ लाख ७९ हजार रुपैयाको बजेट पास गर्दै कमल गाउँपालिकाको १५ औँ गाउँसभामा सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, असार २० २०८१

कमल । झापाको कमल गाउँपालिकाले ७१ करोड ८३ लाख ८४ हजार रुपैयाको बजेट पास गर्दै १५ औँ गाउँसभामा सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्ष २०८१÷८२ का उपाध्यक्ष न्यौपानेले गत असार ९ गते पहिलो बैठकमा पेश गर्नु भएको बजेट संशोधन मंगलवार बसेको अन्तिम वैठेकले पास गरेको हो ।

त्यस्तै सम्पन्न १५ औँ गाउँसभाको बैठकले गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पेश गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम समेत सभाले संशोधन सहित पारित गरिएको छ ।

आगामी आर्थिब वर्ष २०८१÷८२ का लागी अध्यक्ष राईले पेश गर्नु भएको “समृद्ध कमल हाम्रो सरोकार” भन्ने मुल नाराका साथ कमल गाउँपालिकालाई सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प सहित सभामा वार्षिक नीति तथा कार्यक्रम पेश गरिएको थियो ।

गाउँपालिकाको विकास र समृद्धिको लागि राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय तथा दिगो विकास सहितको पूर्वाधार निर्माण गर्न स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्घ गाउँपालिकाको लक्ष्य हासिल गर्ने नीति तथा कार्यक्रम सभावाट पास गरिएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend