कमल । कमल गाउँपालिका तथा करुणा फाउन्डेसन नेपाल बिच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यन्वयनका लागी सम्झौता भएको छ ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, कमल गाउँपालिका तथा अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रविधिको सहयोग रहनेछ ।
कमल गाउँपालिका तर्फ बाट अध्यक्ष हुकुम सिंह राई र करुणा फाउन्डेसन नेपालका निर्देशक योगेन्द्र गिरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
त्यस्तै पालिकाका तर्फबाट उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य र करुणाको तर्फबाट व्यवस्थापक सन्तोष घिमिरे, पालिका संयोजक रुविना थापा तथा कमल अपाङ्गता समितिका अध्यक्ष पिताम्बर खड्का लगायतले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै गाउँपालिकाका अध्यक्ष राईले गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापनालाई पालिकाले आफ्नो बजेट र श्रोत साधनले भ्याए सम्म काम गरिरहेका थियौं भने विद्यालयमा कमगर्न हामीलाई निकै समस्या थियो । आज बाट त्रिपक्षीय लागत साझेदारी पत्र हस्ताक्षर भएकोले अपाङ्गताको क्षेत्रमा आगामी दिनमा कार्यक्रम सञ्चलन गर्न सहज हुने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले अपाङ्गता भएका व्यक्तिलाई पुनःस्थापना र अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनार्थ ठुलो सहयोग पुग्नेछ बताउनु भयो ।
त्यस्तै कुनै पनि व्यक्ति जन्मदै अपाङ्गता भएर नजन्मिउन् वा जन्मिएपछि हुर्कने क्रममा कुनै कारणले अपाङ्गता बन्नु नपरोस् भनेर यो क्षेत्रमा हामी काम गरिरहेको छौं । तर यति गर्दागर्दै पनि समाजमा अपाङ्गता भएका व्यक्तिले विभिन्न कारणले अपहेलित हुनुपरेको छ । त्यसलाई न्यूनिकरण गर्दै अपाङ्गताभएका व्यक्तिलाई आम नागरिक सरह जीवन जिउन सकोस भन्ने उद्देश्य राखेर हामीले यो पालिकाका कार्यक्रम सञ्चालन गरेको करुणा फाउण्डेसन नेपालका निर्देशक योगेन्द्र गिरीले बताउनु भयो
राष्ट्रिय अपाङ्ग महासङ्घले अपाङ्गता अधिकार सम्बन्धी बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय निती नियमलाई पालना गर्दै अपाङ्गता भएका क्षेत्रमा गाउँपालिका सँग नजिक रहेर काम गरिरहेको छ । त्यसैले यो कार्यक्रम सञ्चालन गर्नका लागी महासङ्घको तर्फ बाट पूर्णरुपमा सहयोग गर्ने राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रिय सदस्य मदन बोहोराले बताउनु भयो । 
राष्ट्रिय अपाङ्ग महासङ्घले अपाङ्गता अधिकार सम्बन्धी बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय निती नियमलाई पालना गर्दै अपाङ्गता भएका क्षेत्रमा गाउँपालिका सँग नजिक रहेर काम गरिरहेको छ । त्यसैले यो कार्यक्रम सञ्चालन गर्नका लागी महासङ्घको तर्फ बाट पूर्णरुपमा सहयोग गर्ने राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रिय सदस्य मदन बोहोराले बताउनु भयो ।
कमल गाउँपालिकामा जम्मा १ हजार १३० जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । जस मध्ये ७ जनाको अपाङ्गता को परिचय पत्र बनेको छ । विद्यालय जाने उमेरका ९९ जना रहेपनि १६ जना मात्र विद्यालय जाने गरेको कमल अपाङ्गता समितिका अध्यक्ष पिताम्बर खड्काले बताउनु भयो ।
शिक्षा शाखाका प्राविधिक कर्मचारी रविन गौतमले सञ्चालन गर्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले शाब्दिक शब्द द्वारा स्वगत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
सम्झौता कार्यपालिका सदस्यहरू, पालिकामा रहेका विभिन्न शाखाका प्रमुखहरू, अपाङ्गता भएका व्यक्तिहरूको समुहका प्रतिनिधिहरू तथा राष्ट्रिय अपाङ्ग महासङ्घका प्रतिनिधि लगायतको उपस्थितिमा भएको थियो।
यस कार्यक्रमले जन्मजात हुने अपाङ्गता न्यूनीकरण तथा जन्म पश्चात विकसित हुने अपाङ्गताको रोकथाम र अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना लगायतका कार्यक्रम सञ्चालन गर्नेछ । अपाङ्गता भएका व्यक्तिको तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, शिक्षा, स्वास्थ्य लगायत सायक सामग्रीको व्यवस्थापन तथा बिभिन्न क्षमता विकास साथै विविध तालीम समेत प्रदान गर्ने करुणा फाउन्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरे बताउनु भएको छ ।
कार्यक्रम २०८१ श्रावण १ गते देखि सञ्चालन भइ ०८४ असार मसान्तसम्म (३ वर्षको अवधि सम्म सञ्चालन हुने सम्झौतामा बताइएको छ । यो कार्यक्रम झापा जिल्लाका १५ वटै स्थानीय तहमा सम्झौता हुने र हाल सम्म कन्काई नगरपालिका, गौरादह नगरपालिका, शिवसतासी नगरपालिकामा सम्झौता भइसकेको बताइएको छ । बाँकी रहेका स्थानीय तहमा यो कार्यक्रम क्रमश सम्झौता हुने फाउन्डेसनले जनाएको छ ।