logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाको १५ औं गाउँसभामा सुरु


  • कुइनेटो न्युज
  • आइतबार, असार १० २०८१

कमल ।  कमल गाउँपालिकाको १५ औं   गाउँसभामा आज बाट सुरुभएको छ ।
सम्पन्न १५ औँ गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्नु भएको छ ।

“समृद्ध कमल हाम्रो सरोकार” भन्ने मुल नाराका साथ कमल गाउँपालिकालाई सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने  संकल्प सहित सभामा वार्षिक नीति तथा कार्यक्रम पेश गरिएको थियो ।

 

गाउँपालिकाको विकास र समृद्धिको लागि राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय तथा दिगो विकास सहितको पूर्वाधार निर्माण गर्न स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्घ गाउँपालिकाको लक्ष्य हासिल गर्ने नीति तथा कार्यक्रम पेश गरिएको छ ।

त्यसैगरी कमल गाउँपालिकाले स्थानीय आवश्यकताका आधारमा आर्थिक, सामाजिक, सास्कृतिक र पूर्वाधारका विकासमा केन्द्र सरकार, प्रदेश सरकारबाट प्राप्त श्रोतहरु र आन्तरिक स्रोत तथा साधनहरु परिचालन गरी आर्थिक तथा सामाजिक विकासका कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्दै जनतालाई स्थानिय सरकार भएको अनुभुती दिलाउने खालका कार्यक्रम सन्चालन गरिने समेत अध्यक्ष राई द्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम समाभा पेश गरिएको थियो  ।


त्यस्तै उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले १५ औँ गाउँसभामाको पहिलो बैठममा आर्थिक वर्ष २०८१÷८२ का लागी आयव्याय सहितको बजेट प्रस्तुत गर्नु भएको थियो ।
बैठकमा उपाध्यक्ष न्यौपानेले ७१ करोड ८३ लाख ८४ हजार रुपैयाको अनुमानित  आयव्याय सहितको बजेट  पेश गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend