काठमाडौ , नेकपाएमाले, राष्ट्रिय सभा संसदीयदलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता र बलियो राजनीतिक शक्तिनिर्माणका लागि एमालेले ‘मिशन ८४’ अघि सारेको बताउनु भएको छ ।
मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेतादाहालले अस्थिर राजनीतिले समृद्धी हाँसिलगर्न नसकिने भएकाले बलियो राजनीतिक शक्ति निर्माण जरुरी रहेको बताउनु भयो । एमाले पोलिटव्युरो सदस्य एवम् स्थानीय विकास विभाग प्रमुख समेत रहनु भएका उहाँले मिलेमतोमा सरकार बनाउनु पर्ने, टिकाउनु पर्ने जस्ता कुराले देशले स्थिरता र समृद्धिको लय समात्न नसकेको उल्लेख गर्नुभयो ।
‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य प्राप्तिकालागि आयात प्रतिस्थापन गर्दै राष्ट्रिय पूँजीको निर्माण जरुरी भएको भन्दै नेता दाहालले अस्थिर राजनीति रहे सम्म यि सम्भावना नहुने बताउनुभयो ।
संविधानको रक्षा र कार्यान्वयन साझादायित्व
राष्ट्रिय सभामा सत्तापक्षीय संसदीयदलका नेता समेत रहनु भएका नेता दाहालले संविधानको रक्षा र कार्यान्वयन सवै राजनीतिक दलहरुको दायित्व भएको बताउनुभयो । कुनै एक दल वा शक्तिले मात्र देशमा परिवर्तन नल्याएको भन्दै परिवर्तनकारी दलहरुले यसको रक्षा र कार्यान्वयन गर्ने उहाँको भनाई थियो ।
संविधानको प्रभावकारी कार्यान्वयनकालागि अतिआवश्यक कानूनहरु तुरुन्तै निर्माण गर्नु पर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय सभाविधायन समितिको उपसमितिले ४२ कानून तुरुन्तबनाउन गरेको सिफारिस कति कार्यान्वयन भयो भनि सरकारसँग प्रश्न पनि गर्नुभयो ।
तीनतहका सरकार विच दर्विलो विश्वास कायम गरि संविधान कार्यान्वयन गर्नु भन्दै उहाँले प्रदेश सरकारले साझाअधिकारका विषयमा एकल निर्णय लिननहुने र संघीय सरकारले पनिप्रदेशकाएकलअधिकार माथि हस्तक्षेप गर्न नहुनेमा जोड दिनुभयो ।
कर्मचारीकामाग संवोधनगर्न आग्रह
आफ्ना न्यायोचीत मागहरु अघि सार्दै आन्दोलित बनेका संसद सचिवालय काकर्मचारीहरुको माग संवोधनकालागि समेत नेतादाहालले सरकारलाई आग्रह गर्नुभयो ।
संसदमा संवोधनका क्रममाउहाँले संसार भरिनै स्थापित अभ्यास र मुल्य, मान्यताका आधारमा कर्मचारीहरुको न्यायोचीत मागहरु सरकारले अबिलम्ब पूरा गर्नु पर्ने उहाँको भनाई थियो । वहाँ