दोमुखा । विश्व वातावरण दिवस वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे शिवसताक्षीको दोमुखामा बृक्षारोपण तथा सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।
मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइएको छ ।
यस वर्ष वातावरण दिवसको नारा ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने रहेको छ । झापाको शिवसताक्षी नगरपालीकाको आयोजना तथा दोमुखा धार्मिक तथा पर्यटन बिकास ब्यबस्थापन समितिको सह आयोजनामा दोमुखा जाने सडकको दुबै किनारमा शिरिश जातको बिरुवा रोपण गरिएको छ । यस बिरुवा हुर्के पछि पुर्व कै शुन्दर र रमणीय क्षेत्र दोमुखालाइ निकट भबिस्यमा देशको मुख्य गन्तबयको रुपमा बिकास गर्ने अपेक्षा गरिएको दोमुखा धार्मिक तथा पर्यटन बिकास ब्यबस्थापन समितिका अध्यक्ष धनप्रसाद लावतीको भनाइ छ ।
त्यस्तै मेचि अङ्ग्रेजी स्कुल र रेड रोज अङ्ग्रेजी स्कुलका विद्यार्थीहरुले दोमुखा क्षेत्रमा प्रभात फेरि निकालेर स्थानीय प्रतिनिधिको उपस्थितिमा वृक्षारोपण गरेका थिए ।
बिग्रदै गरेको वातावरणीय अवस्था र यसले उत्पन्न चुनौतीको सामाना गर्न विद्यार्थीलाई सचेत गराई साना नानीबाबुलाई आजैदेखि सचेत गराउन यो कार्यक्रमको आयोजना गरिएको मेचि अङ्ग्रेजी विद्यालयका प्रधानाध्यापक पदमजङ्ग कुवार्ले बताउनुभयो।
यस्तै सिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले विकास वातावरणमैत्री हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा दोमुखामा बृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्नु हुदै उनले विकास र वातावरणबिच सन्तुलन हुनसके मात्र उन्नति दीगो र मानव उपयोगी हुने उल्लेख गरर्नु भएको छ ।
बृक्षा रोपणको लागि दमकका युवा ब्यबसायी लुका राइले १ सय भन्दा बढी विरुवा उपलब्ध गराउनु भएको थियो ।
धरमपुर बजार ब्यबस्थापन समिति द्वारा बृहत बृक्षारोपण

धरमपुर । बिश्व बतावरण दिवसको अवसरमा धरमपुर बजार ब्यबस्थापन समितिले बृहत बृक्षारोपण गरेको छ।
समितिले आज धरमपुर बजार उत्तर तर्फको रतुवामइ बृक्षा रोपण आयोजनाको हाता भित्र घेराबारा गरि बिभिन्न प्रजातीको बोट बिरुवा रोपण गरिएको हो ।
बोट बिरुवाले बतावरणमा प्रतक्ष प्रभाब पार्ने भएकोले पनि बृक्षारोपणको महत्व धेरै भएको धरमपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष लिला बहादुर जोशी (कुमार )ले बताउनुभयो । उवाँका अनुसार रतुवामाई बृक्षारोपण आयोजनाको रुखहरुलाइ सम्रक्षण गर्दै त्यस क्षेत्रको शौन्दरीयकरण हुने गरि भाइरल शिरिश , स्वामी, तेजपत्ता, मुसुन्दा,कल्की,सयपत्री, लगयत १ दर्जन प्रजातीका २ सय बडि बोट बिरुवाहरु रोपिएको बताउनुभयो ।
जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न समस्या र तिनका समाधानमा बृक्षारोपण गर्नु अति आवस्यक रहेको काफ्यक्रम सम्योजक समाजसेवी चन्द्रबीर नेम्बाङ्ले बताउनुभयो । उनले थपे यस्तो कर्यक्रम दिवसलाइ मात्र पर्खन नहुने समेत बताउनुभयो ।
सो अवसरमा शिवसताक्षी वडा नम्बर १ का अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ्ग तथा कार्यक्रम सम्योजक समाजसेवी चन्द्रबीर नेम्बाङ्गले सङ्युक्त शिरिशको बिरुवा रोपण गरेर बृक्षा रोपण कर्य सुभारम्भ गरेका थिए । कार्यक्रममा नाम्बिन इङ्लीस स्कुलका प्रीन्सिपल प्रेम सेर्मा ,सोहि स्कुलका इन्चार्ज पुर्ण लकान्द्री, कबि तथा युवा ब्यबसायी निहाङ किराती, लगायत बजार समितिको उल्लेखिय सहभागिता रहेको थियो ।
यो बिस्व बतावरण दिवस बिश्व पर्यावरण प्रति बिस्व स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष वातावरण दिवसको नारा ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने रहेको छ । दिवसका अवसरमा देशका विभिन्न ठाउँमा सरकार लगायत विभिन्न संघसंस्थाले पनि वृक्षारोपण गरेका छ्न ।