कमल । विभिन्न कार्यक्रमगरी आज विश्ववातावरण दिवश मनाईएको छ ।
संयुक्त राष्ट्र संघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।
यस वर्ष ‘‘हाम्रो भूमि, हाम्रो भविष्य’’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ ।
आज विभिन्न संघसस्थाले वृक्षारोपण गरेर विश्ववातावरण दिवश मनाएका छन् ।
यसै अवसरमा कमल गाउँपालिका ५ स्थित गुह्येश्वरी सामाजिक सस्थाको आयोजना र स्थानिय विभन्न संघसस्थाको सहकार्यमा कमल गाउँपालिका ५ नम्वर वडा कार्यालयको प्राङ्गणमा वृहत वृक्षारोपण गरिएको गुह्येश्वरी सामाजिक सस्थामा अध्यक्ष गोपाल वहादुर निरौलाले जानकारी दिनुभयो ।
कमल गाउँपालिका ५ स्थित गुह्येश्वरी सामाजिक सस्थाको आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न वृक्षारोपण कार्यक्रमा सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जनाव तालिम शिक्षालय , स्थानिय विध्यालय, विभिन्न सामाजिक संघ सस्थाको सहभागीतामा विभिन्न जातमा ५ सय विरुवा रोपिएको अध्यक्ष निरौलाले बताउनु भयो ।
मानिसले प्राकृतिक स्रोतहरूको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ । त्यसलाई पुनर्स्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न म सबैमा हार्दिक आव्हान गर्दछु ।
प्रकृतिमुखी जीवनशैलीको लागि पनि वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउने तर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरू एकजुट भई लाग्नु पर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।