logo
शुक्रबार, साउन २९ २०८३

फरेबपूर्ण मुद्दा गरेमा वादीबाट पीडितले मनासिब क्षतिपूर्ति पाउने झापा जिल्ला अदालतको फैसला


  • कुइनेटो न्युज
  • मंगलबार, जेष्ठ २२ २०८१

झापा । फरेबपूर्ण मुद्दा गरेमा वादीबाट पीडितले मनासिब क्षतिपूर्ति पाउने  झापा जिल्ला अदालतको फैसला गरेको छ।

झापा जिल्ला अदालतबाट वादीले झुठ्ठा मुद्दा दिएकोले दाबी नपुग्ने भनी र वादीले फरेबपूर्ण मुद्दा गरेमा प्रत्यर्थीले मनासिब क्षतिपूर्ति पाउने गरी फैसला भएको छ।

झापा जिल्ला अदालतका माननीय प्रमुख न्यायाधीश श्री अशोककुमार बस्नेतको इजलासले झुठ्ठा दाबी लिने वादी बिन्द्र राजबंशीले प्रतिवादी बन्दना भारद्धजलाई रु. ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराई दिने गरी मिति २०८१।२।२१ मा फैसला सुनाएको हो।

“कसैले कसैलाई दुखः दिने वा हानी नोक्सानी पुर्याउने नियतले झुट्ठा उजूरी दिएको ठहरेमा सम्बन्धित अदालतले त्यस्तो झुठ्ठा उजूरी दिने उजूरी कर्ताबाट प्रतिवादीलाई मनासिब क्षतिपूर्ति भराई दिनेछ” भन्ने मुलुकी देवानी संहिता, २०७४ को दफा २८ मा कानूनी ब्यबस्था रहेको छ। सो मा प्रतिवादीले प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तूर, कानून ब्यवसायीको खर्च समावेश हुने गरी सो आधारमा क्षतिपूर्ति निर्धारण गर्ने कुरा रहेकोले सो का आधारमा फैसला गरेको हो।
झापा जिल्ला अदालतमा बन्दना भारद्धजले आफूले बिन्द्र राजबंशीलाई र. ३ तिन लाख रुपैयाँ नगद र र ४५पैतालिस लाख चेक मार्फत गरी जम्मा र४८ लाख रुपैयाँ  दिएकोमा सो रकम नदिई सो वापत मिति २०७९।९।३० मा चेक काटी दिएकोमा सो चेक नसाटिए पछी चेक अनादरमा विन्द्र राजबंशी उपर चेक अनादर मुद्दा गर्नुभएको थियो।

सो चेक अनादर मुद्दामा वादीको दाबी पुग्ने ठहरी झापा जिल्ला अदालतका न्यायाधीश श्री नगेन्द्रकेशरी पोखरेलको इजलासबाट मिति २०८०।१०।१५ मा फैसला भएको अबस्थामा बिन्द्र राजबंशीले झापा जिल्ला अदालतमा फिरादीलाई नोक्सान पुर्याउने गरी चेक काट्न लगाएको भनी मिति २०८०।६।११ मा बन्दना भारद्धज उपर उजूरी दर्ता गराएको अनुचित समृद्धीको मुद्दामा वादी बिन्द्र राजबंशीले झुठ्ठा फरेबपूर्ण मुद्दा गरेकोले पीडित बन्दना भारद्धजले बिन्द्र राजबंशीबाट क्षतिपूर्ति भराउने भनी अदालतले फैसला सुनाएको हो।

एकल महिला रहेकी बन्दना भारद्धजले पहाडको जग्गा बिक्री गरी पैसा राखेको थाहा पाई बिन्द्र राजबंशीले घर बिक्री गर्छु भनी चेकबाट र नगद पैसा लिएकोमा सो वापत निजले दिएको चेकलाई अनुचित हो भनी दाबी गरेका थिए।

अदालतले वादीले तिर्नु पर्ने रकम वापत नै चेक दिएको, उक्त चेक अनुचित समृद्धी हो भनी एकल महिलालाई दुखः दिन झुठ्ठा मुद्दा दिएको प्रमाणका आधारमा देखिई वादीबाट प्रतिवादीलाई क्षतिपूर्ति भराउने निर्णय गरेको हो।

सो फैसलाले मुद्दा गर्दा सफा नियतले गर्नूपर्ने, पीडितलाई दुख दिने, हानी नोक्सानी पुर्याउने नियतले फरेबपूर्ण मुद्दा गरेमा प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तूर, कानून ब्यवसायीको खर्च समेतलाई आधार लिई बिन्द्र राजबंशीले बन्दना भारद्धजलाई रु.७५ पचहत्तर हजार रुपैयाँ क्षतिपूर्ति भराई दिने गरी फैसला भएको भनी झापा जिल्ला अदालतले जनाएको छ।
झुठ्ठा उजूरी दिएकोले क्षतिपूर्ति भराई दिने गरी भएको झापा जिल्ला अदालतको फैसला एक महत्वपूर्ण फैसला रहेको र अब, कसैले कसैलाई दुखः दिने वा हानी नोक्सानी पुर्याउने उदेश्यले पर्ने झुठ्ठा उजूरी केही नियन्त्रण हुने भनी झापा जिल्ला अदालतका सुपरिवेक्षक शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिनु भयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend