कमल । ब्राइट फ्युचर बाल क्लबको ५औ वार्षिक उत्सव सम्पन्न भएको छ ।
कमल गाउँपालिका ७ मा रहेको क्लबले विभिन्न कार्यक्रम गर्दै शुक्रवार आफ्नो ५औ वार्षिक उत्सव सम्पन्न गरेको हो ।
क्लबले वार्षिक उत्सवको अवसरमा गत वैशाख २२ गते देखी सप्ताह व्यापी प्रतियोगितात्मक स्किपीङ, डोरी तानी, साइकल lSow, Inout कबड्डी, नृत्य र राष्ट्रिय गान शुद्ध लेखन लगायतका कार्यक्रम सञ्चालन गरेका थियो ।
एक हप्ता सम्म सञ्चालित कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई मेडल, प्रमाणपत्र कपी र पेन द्वारा पुरस्कृत गरिएको क्लबका सल्लाहकार संयोजक हेमराज भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा बाल क्लबलाई कमल ७ स्थित सृजनशील युवा क्लबले १२ सेट खेलकुदको जुत्ता र ब्याग हस्तान्तरण गर्नुका साथै कमल गाउँपालिका ६ मंगलवारे मा रहेको हाम्रो हलेसी होटलले स्टेसनरी सामान प्रदान गर्नुभएको थियो ।
क्लबका अध्यक्ष रोजा फुँयालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि निम्स नेशनल हस्पिटल प्रा.लि दमकका अध्यक्ष उमाकान्त आचार्य , हालै इन्डोनेसियाको बालीमा सम्पन्न क्लासी मोडल इन्टरनेसनल मा “मोडल युनिभर्सका विजेता साथै दमक फनजोनका marketing manager प्रविण पाठक, टोल विकास संस्थाका प्रतिनिधि, आमा डेन्टल दमकका सञ्चालक अर्जुन कुमार श्रेष्ठ, लखनपुर साना किसान कृषि सहकारी कमल ६ का प्रतिनिधि उमा आचार्य कमल ७ स्थित विद्यालयका प्रतिनिधि शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।यो।