logo
सोमबार, कार्तिक १० २०८३

चलचित्र ‘वीरताकाे गाथा’को पहिलो प्रदर्शन भोलि हुने


  • उमानाथ भण्डारी
  • आइतबार, कार्तिक २ २०८३

कमल /  रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘वीरताकाे गाथा’को पहिलो प्रदर्शन भोलि हुने भएको छ।

रिमेश अधिकारीको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्रले नेपाली इतिहास, वीरता, साहस र संघर्षका विषयलाई समेटेको  चलचित्र काे  पहिलाे  प्रदर्शन  भाेलि कात्तिक २ कमल गाउपालिका २ स्थित कमला मदन आश्रित स्मृति मा .वि.काे प्रााङणमा  हुने आज पत्रकार सम्मेलन गरि निर्मााण पक्षले जानकारी गराएको हाे ।

पहाडी भूगोल, युद्धमय वातावरण र वीरताको झल्को दिने दृश्यले चलचित्रप्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ।

चलचित्रलाई विध्यालयमा अध्यायनरत विध्यार्थीकालागि महत्त्वपूर्ण शैक्षिक सामग्रीका रूपमा समेत  लिन  सकिने जनाएको छ ।

चलचित्र निर्माण टोलीमा प्रमुख सहायक निर्देशक रामजी राउत, मेकअपमा मदन न्यौपाने, प्रोडक्सन म्यानेजर आनन्द घिमिरे तथा सहायक सम्पादक लोखरी गेलाल रहेका छन्।

भीएफएक्स तथा कलरमा अनन्त घिमिरे, छायांकनमा शिव ढकाल र प्राविधिक निर्देशनमा मधुसूदन भण्डारी संलग्न छन्। कथा लेखन किशन थापा ‘अधिर’ले गरेका छन्। गीत, संगीत तथा बीजीएममा गौरव गुरुङ, डा. आशा बहादुर तामाङ र अलिश कार्कीको योगदान रहेको छ।

चलचित्रको पहिलो प्रदर्शनले यसको विषयवस्तु र प्रस्तुतिबारे दर्शकमाझ थप चासो जगाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend