चुलाचुली / ईलाम को चुलाचुलीमा जारी प्रथम ध्रुव राज लावती स्मृती कप फुटबल प्रतियोगिताको फाइनल खेल हिजो असोज ३१ गते शनिवार चुलाचुली को एच के स्पोर्टिङ क्लब र माङसेबुङ युथ क्लबको प्रतिष्पर्धाका बिच एच के स्पोर्टिङ क्लब बिजयी बन्दै सम्पन्न भएको छ ।
चुलाचुली १ स्थित श्री शिवज्योती आधारभुत बिद्यालयको खेल मैदानमा सन्पन्न सो प्रतियोगिता को फाइनल खेलमा एच के स्पोर्टिङ ले माङसेबुङ युथ लाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको बिजेता बन्न सफल भएको छ ।
निक्कै प्रतिष्पर्धात्मक र रोचक खेलका बिच एच के स्पोर्टिङ क्लब का जर्शी नम्बर ९ का खेलाडी सुजन बलम्पाकी मगरले पहिलो हाफमा १ गोल गर्दै एच.के. लाई अग्रता दिलाएका थिए ।
निक्कै दबाबको सामना गर्दै खेल खेलीरहेको माङसेबुङ को तर्फबाट खेलको दोश्रो हाफमा जर्शी नम्बर १० का प्रबिन राइ ले १ गोल गरेता पनि एच.के. का तर्फबाट दोश्रो हाफको खेल समय अवधीमा जर्शी नम्बर ९ का सुजन बलम्पाकी र जर्शी नम्बर १० का आशिस लावतीले १/१ गोल गर्दै खेललाई ३-१ को गोल अन्तर गरेर एच.के. को पक्षा मा पार्न सफल भए ।
उक्त प्रतियोगिता को अधिक गोलकर्ता (हाइ स्कोरर) एच.के. स्पोर्टिङ का जशी नम्बर ९ का सुजन बलम्पाकी मगर (५ गोल), उत्कृष्ट डिफेन्स माङसेबुङ युथ का जर्शी नम्बर ३० का सन्देश राइ , उत्कृष्ट गोल किप्पर एच.के. का भुपेन्द्र लुवागुन र प्रतियोगिता को उत्कृष्ट खेलाडी (म्यान अफ द टुनामेण्ट) एच.के. का जर्शी नम्बर १० का आशिश लावती घोषित भए ।
प्रतियोगिता समापन सँगै बिजेता एच.के. स्पोर्टिङ क्लबले नगद रु. ५० हजार का साथमा ट्रफी!मेडल प्राप्त गरे भने उपबिजेता माङसेबुङ युथले नगद रु. ३० हजार का साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
चुलाव्हुली १ हात्तिलेदा निवासी फुटबल खेलाडी दृवराज्लावती को गत एक वर्ष पहिला दक्धिण कोरिया मा असामयिक निधन भएको थियो तिनै ध्रुवराजको सम्झनामा स्थानिय हरुको सकृयता र चुलाचुली वडा नम्वर १ वडा कार्यलयको समन्वय तथा आर्थिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।