logo
सोमबार, कार्तिक १० २०८३

चुलाचुलीमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सम्पन्न

दशैको मुखमा वाड कार्यालय बाट भत्ता पाउदा सेवाग्राहीमा छायो खुशी


  • कुइनेटो न्युज
  • शनिबार, कार्तिक १ २०८३

चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई भत्ता वितरण गर्ने कार्य सम्पन्न भएको छ । दशैको मुखमा वाड कार्यालय बाट भत्ता पाउदा सेवाग्राहीमा खुशी छाएको छ ।
गाउँपालिकाका २ हजार दुई सय जना सेवाग्राहीलाई सहजहोस् भन्ने उद्येश्यले हातहतमै भत्ता वितरण गरिएको हो ।
भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण ज्येष्ठ नागरिकलार्ई बैङ्कसम्म पुग्न समस्या भएकोले सम्बन्धित वडा कार्यालय बाटै भत्ता वितरण गरेको हो ।
रकम बुझेका नागरिकले औषधी उपचार गर्ने, मिठो मसिनो खानेकुरा किन्ने, नातिनातिनाका लागि लत्ताकपडा जुटाउने र दसैँमा घर आउने आफन्तलाई दक्षिणा दिन रकम खर्च गर्ने योजना सुनाएका छन् ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्याक्तिलाई हिडडुल गर्न कठिन हुनुका साथै अपाङ्गता भएका व्यक्तिलाई बैङ्कसम्म पुगेर भक्त बुझ्दा समय र खर्च दुवै लाग्ने भएकोले गाउँपालिकाले वडा कार्यालय बाट र वाडामा आउन नसक्ने सेवाग्राहिलाई घर मै भक्ता पुर्याइदिने व्यवस्था मिलाएको चुलाचुली गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष सागर जबेगुले बताउनु भयो ।


विगतमा सामाजिक सुरक्षा भत्ता हातहातमै वितरण गर्दा दुरुपयोग भएको र मृत्यु भइसकेका व्यक्तिका नाममा समेत रकम निकासा हुने गरेको गुनासो आएपछि सरकारले बैङ्क खातामार्फत भत्ता वितरण गर्ने व्यवस्था लागू गरेको थियो ।
बैकिंङ प्रणालीले पारदर्शिता बढाएपनि दुर्गम क्षेत्रका अशक्त तथा ज्येष्ठ नागरिकलाई सेवा लिन असहज भएको गुनासो गर्दै आएका कारण चुलाचुली गाउपालिका ले बिगत ३ वर्ष देखि वडा कार्यालय मार्फत भत्ता बितरण सुरु गरेपछी सहज भएको सेवाग्रही बताउनुहुन्छ ।
गाउँपालिकाले असोज २३ गते देखि सुरु गरेको सामाजिक सुरक्षा भत्ता वितरण कार्य हिजो असोज ३० गते सम्पन्न भएको र सात दिनको अवधिमा सबै वडामा पुगेर वितरण सकिएको भत्ता बितरण कार्यको मुख्य जिम्मेवारी सम्हाल्दै आउनु भएका चुलाचुली गाउपालिका कार्यालयका एम इ एस अपरेटर प्रविन परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend