कमल । निजी तथा आवासिय विध्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमल द्वारा दसैँ, तिहार तथा छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कमल प्याब्सनले आयोजना गरेको कार्यक्रममा नजिकिदै गरेका चाडपर्वको शुभकामना आदान प्रदानका साथै शिक्षा क्षेत्रको विकास, विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा शिक्षक, विद्यार्थी र अभिभावक बीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा प्याब्सन कमलका अध्यक्ष दीपक संग्रौलाले चाडपर्वले आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध बलियो बनाउने बताउँदै शैक्षिक संस्थाहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।
त्यसैगरी, प्याब्सन कोशी प्रदेशका सचिव गौरिमान फागोले निजी विद्यालयहरूले शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा अनुशासित र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै विद्यालयहरूबीच सहकार्य र अनुभव आदानप्रदानले शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।

कमल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सूर्यप्रसाद न्यौपानले स्थानीय तह, विद्यालय र सरोकारवाला निकायबीचको सहकार्यबाट मात्रै शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनुका साथै विद्यालयको शैक्षिक उपलब्धि सुधार गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्याब्सन जिल्ला सदस्य युवराज बराल,वरिष्ठ सल्लाहकार बदी राई, सल्लाहकार विजयसेन थापा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै शिक्षा क्षेत्रका चुनौती, सम्भावना र सुधारका उपायबारे अन्तरक्रिया गरिएको थियो । यस्ता कार्यक्रमले शैक्षिक संस्थाबीच समन्वय, सहकार्य र आपसी सम्बन्ध विस्तार गर्न मत्ववपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको कार्यक्रमका सहभागहिरुले बताउनु भयो ।
कार्यक्रम प्याब्सन कमलका सचिव त्रिलोचन गौतमले सञ्चालन गर्नु भएको थियो ।