logo
सोमबार, कार्तिक १० २०८३

कमल २ मा ‘बन्द निषेधित क्षेत्र’ घोषणा, शान्ति र सुरक्षाका लागि नयाँ पहल : वडा अध्यक्ष सुब्बा


  • कुइनेटो न्युज
  • आइतबार, असोज २५ २०८३

कमल ।   झापाको कमल गाउँपालिका २, तोपगाछी क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले ‘बन्द निषेधित क्षेत्र’ सम्बन्धी सन्देश सहितको सूचना बोर्ड स्थापना गरिएको छ।

‘शान्त नेपाल, समृद्ध नेपाल’ भन्ने नारासहित राखिएको उक्त बोर्डले स्थानीय क्षेत्रमा बन्द तथा अवरोधका गतिविधि लाई निरुत्साहित गर्दै जनजीवन सहज बनाउनुपर्ने सन्देश दिएको छ।सार्वजनिक स्थानमा राखिएको बोर्डमा तालाबन्दी निषेध सम्बन्धी संकेत चिह्नसमेत राखिएको छ। यसले स्थानीय बासिन्दा, व्यवसायी, यात्रु तथा सर्वसाधारणको दैनिक जीवनलाई प्रभावित पार्ने गतिविधिप्रति सचेत गराउने उद्देश्य सन्देश मुलब सुचना बाेर्ड  राखिएकोकाे वडा अध्यक्ष अशाेक सुब्बाले बताउनु भयाे ।

बन्द, हडताल तथा अनावश्यक अवरोधका कारण शैक्षिक संस्था, व्यापार व्यवसाय, यातायात र अन्य सार्वजनिक सेवामा असर पर्ने गरेको अवस्थामा यस्ता पहलले शान्तिपूर्ण वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी स्थानीय क्षेत्रमा आवागमन सहज बनाउने, आर्थिक गतिविधिलाई निरन्तरता दिने र नागरिकको सामान्य जीवनयापनमा अवरोध हुन नदिने विषय महत्वपूर्ण रहेको वडा अध्यक्ष सुब्बाले बताउनु भयाे ।

लोकतान्त्रिक समाजमा विरोध तथा असहमति व्यक्त गर्ने अधिकार सुरक्षित रहनुपर्छ। तर त्यस्ता गतिविधि शान्तिपूर्ण, मर्यादित र अरूको अधिकारको सम्मान गर्ने खालका हुन आवश्यक छ। सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव र नागरिकको स्वतन्त्र आवागमन सुनिश्चित गर्नु सबै पक्षको साझा जिम्मेवारी  वडा सचिव सागर दाहालले बताउनु भयाे ।

कमल २ मा  राखिएको यस बोर्डले स्थानीय तहमा शान्ति, सुव्यवस्था र विकासमैत्री वातावरण निर्माणको सन्देश प्रवाह गरेको छ। यसको प्रभावकारिता भने सूचना कार्यान्वयन, स्थानीय समुदायको सहभागिता र सम्बन्धित निकायको समन्वयमा निर्भर रहने स्थानीय काे बुझाई छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend