logo
सोमबार, कार्तिक १० २०८३

“‘पापा, प्लीज स्टप’ भन्दै छोरीले रोकिन् न्यायको लडाइँ, श्रीमतीको जीवन बच्ने अन्तिम आशामा थिए श्रीमान्”


  • कुइनेटो न्युज
  • शनिबार, असोज २४ २०८३

मेडिकल प्रशासन सँग (टेबल टल्कमा) पहिलो बर्ता नमिलेका कारण, म विभिन्न राजनिक समर्थक,जेन्जी समर्थक, कानुनी सल्लाहकार, मेडिकल सल्लाहकार, मेडिया, न्युज, युट्युबरर र अन्य थुप्रै सङ्गठनहरु सँग राय परामर्श लिएर अघि बड्ने सोच बनाएको थिए, र पहिलो प्रकाशन गरे
कुइनेटो अनलाइन न्युजमा समाचार प्रकाशित भएपछि म कान्तिपुर मेडियामा प्रकासन को तयारी मा थिए, त्यहि समयमा, एउटी आमा गुमाउन लागेकी मेरी १४ वर्षीया छोरी स्नेहा थापा मगर धेरै बेरसम्म रोएपछि मलाई एउटा सन्देश लेखिन्। उनको त्यो सन्देशले मेरो मन नै हल्लाइदियो।
उनले लेखेकी थिइन्
१. “पापा, जे भयो, भयो। नहुनुपर्ने कुरा भयो, डाक्टरहरु बाट गल्ती भएकै हो यसको सजाय वाट ममि फिर्ता आउछ त? शान्ति पुर्ण छलफल गर्नुहोस, कृपया मिडियामा प्रकाशन र विरोधका कार्यक्रमहरू रोक्नुहोस्।”
२. “डाक्टरहरूले पनि त आमालाई बचाउनकै लागि शल्यक्रिया गर्नुभएको थियो। यदि त्यहाँ कुनै गल्ती भएको भए पनि,

पापा, हाम्रो क्षतिको लागि डाक्टरहरूको टिमको करियर नै खराब गरिदियौँ भने त्यो पनि हामी सचेत नागरिकको हैसियतले ठूलो पाप हुनेछ, पापा।”

३. “हो पापा, म मेरो ममीलाई सधैँका लागि गुमाउँदैछु। तर हाम्रो भविष्यका लागि क्षतिपूर्ति माग्नुभयो भने त्यसबाट हाम्रो भविष्य बन्ला। तर मेरो एउटा भविष्य बनाउन तीन–चार जना डाक्टरको व्यावसायिक जीवन वा भविष्य नै बर्बाद हुन्छ भने म त्यो चाहन्नँ, पापा।”
४. “प्लीज स्टप पापा। केही समय पर्खनुहोस्। चमत्कार हुन सक्छ। अहिलेसम्म ममीको सास चलिरहेको छ, मुटु धड्किरहेको छ।”
५. “आज मेरो भाइ ७ वर्षको छ र म १४ वर्षकी छु।

यो पीडाबाट बाहिर निस्कन हामीलाई केही समय लाग्नेछ। समयसँगै हामी पनि ममीबिना बाँच्न सिक्ने प्रयास गर्नेछौँ। पापा, प्लीज स्टप।”

६. “आई लभ यू पापा। हामी धेरै भाग्यमानी छौँ, किनकि हामीले यस्तो माया गर्ने बाबा पाएका छौँ, जसले हाम्रो खुसीका लागि संसारसँग लड्न सक्ने साहस राख्नुहुन्छ।”
७. “मलाई पूर्ण भरोसा छ ,ममीको र पापाको दुवैको माया हामीलाई दिन सक्नुहुन्छ। यदि ममी हामीबाट टाढा ताराहरूको देशमा हुनुपरे पनि…”
८. “हो पापा, ममीबिना हामीलाई सम्हाल्न तपाईंलाई निकै कठिन हुनेछ। तर हामी पनि वाचा गर्छौँ, सकेसम्म तपाईंलाई सहयोग गर्नेछौँ। तर प्लीज स्टप पापा।”
९. “मलाई थाहा छ पापा, तपाईंले ममीलाई धेरै माया गर्नुहुन्थ्यो।

तर प्लीज, ममीको आत्माको शान्तिका लागि भए पनि मिडियामा प्रकाशन र विरोध रोकिदिनुहोस्।”

१०. “प्लीज पापा, मिडियामा प्रकाशन र विरोध रोक्नुहोस्। शान्ति कायम गर्नुहोस्। हामीलाई तपाईं चाहिन्छ, क्षतिपूर्ति होइन। तपाईंले डाक्टर तथा मेडिकल प्रशासनलाई जति झकझक्याउनुभयो, सायद यतिले नै अब अरू कसैको आमा गुम्न नपरोस् भन्ने आशा गर्न सकौँ। यो घटना KMC अस्पतालका लागि एउटा मार्गदर्शन बनोस्। आई लभ यू पापा।”

 “जीवनमा ममीले जति सरल र सहयोगी व्यवहार गर्नुभयो र कसैसँग कहिल्यै दुर्व्यवहार गर्नुभएन भने हामीले किन ममीकै सिद्धान्तविपरीत निर्णय गर्ने, पापा? प्लीज स्टप।”

११. आज हामीले गरेको माफी ले चिकित्सक टोलीले पनि नयाँ पाठ सिक्ने अवसर मिल्ने छ ,पापा
१२. विभिन्न राजनीतिक समर्थक, जेन्जी समर्थन,कानुनी सल्लाहकार,मेडिकल सल्लाहकार, मेडिया,न्युज ,युट्युबर र अन्य थुप्रै सङ्गठनहरु सँग राय परामर्श लिएर अघि बड्न र न्यायको आवाज उठाउनका लागि सहयोग गरिदिनु भयो, तर मेरो चाहना अनुसार पापाले निर्णय परिवर्तन गर्नु हुनेछ भन्ने आशा छ, त्यसै ले सबै लाई ह्रदय देखि माफी माग्न चाहान्छु,
१३. पापा हामी गौरव गर्ने छौ, हामीले एउटा गुमाउने छौ तर चिकित्सकका टोलिहरू को केरियर बच्नेछ, पापा स्टोप

मेरो निर्णय
मैले धेरै बेर सोचेँ अब के गरौँ ?
एकातिर, आफुलाई भन्दा बढी माया गरेको श्रीमतीलाई गुमाउन लागेको पीडा थियो। अर्कोतिर, मेरी छोरीले लेखेको त्यो सन्देश थियो।
त्यसपछि मैले एउटा निर्णयमा पुग्ने प्रयास गरेँ। मेडिकल प्रशासनसँगको विषयमा अगाडि बढ्ने जिम्मेवारी माइती पक्षलाई दिएँ र उहाँहरूले गर्ने निर्णयलाई स्वीकार गर्ने निर्णय गरेँ।
अक्टोबर ४  मेडिकल प्रशासनसँग छलफल
अक्टोबर ४ मा डाक्टरलगायत मेडिकल प्रशासनसँग माइती पक्षबाट छलफल भयो।
माइती पक्षले मुख्य रूपमा दुईवटा माग राखेको थियो
१. औषधि तथा उपचारमा भएको सम्पूर्ण खर्च,फार्मेसी, मेडिकल खर्च तथा aneurysm clip लगायतका खर्च,फिर्ता गरिनुपर्ने।
२. छोरा र छोरी बालिग नभएसम्म उनीहरूका लागि निःशुल्क चिकित्सा उपचारको व्यवस्था गरिनुपर्ने।
त्यसपछि मेडिकल प्रशासनका अधिकारी श्री नारायणप्रसाद दाहालले डा. सुनील शर्मासँग फोनमार्फत हाम्रो मागका विषयमा कुराकानी भयो भम्नु भो,
तर मेडिकल प्रशासनबाट हामीले अपेक्षा गरेअनुसारको निर्णय आएन।
हालसम्म जम्मा गरिएको रकममध्ये बेड चार्ज मात्र फिर्ता दिने र उपचारका क्रममा भइसकेका विभिन्न खर्चहरू,रगतका परीक्षण, MRI, DSA angiogram, CT scan, aneurysm clip लगायतका खर्च फिर्ता नदिने निर्णय भएको जानकारी दिइयो।
छोरा र छोरीका लागि २५ प्रतिशत मेडिकल छुट दिने प्रस्ताव पनि राखियो।
तर मेरो पक्षबाट उक्त २५ प्रतिशत मेडिकल छुट स्वीकार नगर्ने निर्णय गरे र त्यसैमा छलफल टुंगियो।
त्यसै क्रममा बिरामीको सास चलिरहेको र मुटु धड्किरहेको अवस्थालाई आधार बनाएर मैले कम्तीमा ५ दिनसम्म राखेर हेर्न र कुनै चमत्कार हुन सक्छ कि भनेर प्रतीक्षा गर्न अनुरोध गरेँ। उहाँहरूले त्यसका लागि सहमति जनाउनुभयो।
अक्टोबर ५
अक्टोबर ५ को बिहानको काउन्सिलिङमा डाक्टरले भन्नुभयो ।
“अब हेरौँ। सास फेरिरहेकी छन्, मुटु चलिरहेको छ र मस्तिष्ककोह swelling पनि केही कम भएको छ। आजदेखि बेहोस बनाउने औषधि बन्द गरेर हेर्छौँ।”
त्यसपछि हामीमा फेरि एउटा सानो आशा पलायो।
अक्टोबर ६
अक्टोबर ६ मा डाक्टरले जानकारी दिनुभयो ।
“बेहोस बनाउने औषधि नदिएको पनि २४ घण्टा भइसकेको छ, तर कुनै response आएको छैन। अब ventilator निकाल्ने हो भने १०–१५ प्रतिशत जति पनि आफैँ सास फेरिरहेकी छैन। अवस्था हेर्दा recovery कठिन हुन सक्छ। तैपनि ICU expert र critical care team ले निर्णय गर्नेछन्। हामीले तपाईंहरूलाई जानकारी गराइरहेका छौँ।”
यी शब्दहरू सुन्दा एकातिर श्रीमतीलाई बचाउने अन्तिम आशा मनमा थियो, अर्कोतिर छोराछोरीको भविष्य र उनीहरूले मलाई लेखेको सन्देश आँखाअगाडि आइरहेको थियो।
आज पनि म एउटै कुराको प्रतीक्षामा छु ।
सास चलिरहेको छ।
मुटु धड्किरहेको छ।
त्यसैले आशा अझै बाँकी छ।
सायद चिकित्सा विज्ञानले आफ्नो प्रयास गरिरहेको छ, र हामी परिवारले आफ्नो ठाउँबाट अन्तिम क्षणसम्म आशा गरिरहेका छौँ।
मेरो छोरीले भनेझैँ ।

“पापा, प्लीज स्टप… केही समय पर्खौँ। चमत्कार हुन सक्छ।”

त्यसैले अहिले मेरो सबैभन्दा ठूलो चाहना कुनै बदला होइन, कुनै विवाद होइन
मेरी श्रीमतीको जीवनको लागि अन्तिम सम्भावनासम्म प्रतीक्षा गर्नु हो।
7 October, पनि कुनै बद्लाव आएको छैन, अब फाईनल डिसिजन चै हाम्रो क्रिटिकल टिम(बेहोस पार्ने डक्टरहरु )ले दिनुहुनेछ, भन्नुभो, तर त्यो दिन आउनु भएन,
8 October, मा पनि भन्नु हिजो क्रिटिकल टिमले भ्याउन भएन हेर्न लाई, आज आउनु हुन्छ हेर्नलाई, भन्नु भो, केहि क्षण पछि आएर चेक गर्नु भो र भन्नु भो तपाईको निमारीको ब्रेन डेड भईसकेको छ,मन्जुरी दिनुहोस्, हामी मेडिसिन बन्द गर्नेछौ, र बन्द गरेको लगभग 3 घन्टा पछि चेक गर्नेछौ अनि मृत्यु घोसित गर्छौ, लिएर जान सक्नु हुन्छ भन्नुभो ।

लेखक : गन बहादुर थापा मगर

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend