logo
सोमबार, कार्तिक १० २०८३

कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा हुकुमसिंह राईको उम्मेदवारी


  • उमानाथ भण्डारी
  • बिहिबार, असोज २२ २०८३

कमल । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व चयनको सरगर्मी बढेको छ।

यसै क्रममा कोशी प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि हुकुमसिंह राईले उम्मेदवारी दिनु भएको छ । कमल गाउँपालिकाका अध्यक्षसमेत रहेका राई स्थानीय तहको नेतृत्वसँगै पार्टी संगठनमा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।
स्थानीय जनप्रतिनिधिका रूपमा गाउँपालिकाको विकास, जनसेवा तथा संगठन सुदृढीकरणमा सक्रिय रहँदै आएका राईले अब आफ्नो राजनीतिक अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी दिनुभएको हाे।

वहाँको उम्मेदवारीले कोशी प्रदेशबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व बलियो बनाउने अपेक्षा गरिएको छ।राईको उम्मेदवारीलाई कमल गाउँपालिकासहित कोशी प्रदेशका कांग्रेस नेता–कार्यकर्ताले चासोका साथ हेरेका छन्।

स्थानीय तहमा काम गर्दा जनतासँग प्रत्यक्ष रूपमा जोडिएर प्राप्त गरेको अनुभव, संगठन सञ्चालनको अभ्यास र कार्यकर्तासँगको सम्बन्धलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै आएका छन्।

१५औँ महाधिवेशन कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचना निर्माणका दृष्टिले महत्वपूर्ण मानिएको छ। यस्तो अवस्थामा कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा राईको उम्मेदवारीले प्रदेशको आवाज पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ।
कमल गाउँपालिकाको अध्यक्षका रूपमा स्थानीय नेतृत्व सम्हालिरहेका राई अब पार्टीको केन्द्रीय भूमिकामा पुग्ने प्रयासमा छन्। उनको उम्मेदवारीले कोशी प्रदेशको प्रतिनिधित्व, स्थानीय तहको अनुभव र संगठन निर्माणको मुद्दालाई केन्द्रीय बहसमा जोड्ने अपेक्षा गरिएको छ।

आगामी महाधिवेशनबाट राईले कस्तो जनसमर्थन प्राप्त गर्छन् भन्ने विषय कांग्रेस वृत्तमा चासोको विषय बनेको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend