logo
सोमबार, कार्तिक १० २०८३

कमल २ मा प्रथम वडाध्यक्ष टोलस्तरीय फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न


  • उमानाथ भण्डारी
  • मंगलबार, असोज २० २०८३

कमल । झापाको कमल गाउँपालिका २ मा प्रथम वडाध्यक्ष टोलस्तरीय फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्ने, युवालाई खेलकुदप्रति आकर्षित गर्ने तथा टोल–टोलबीच आपसी सद्भाव र भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले वडा कार्यालयको आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगितामा वडाभित्रका ९ वटा टोलको सहभागिता रहेको थियो ।प्रतियोगितामा फुटवल तर्फ क्याम्पा टोल विकास संस्था प्रथम भएको छ भने सगरमाथा टोल विकास सस्था उपविजेता भएको छ ।
निर्धारित समयमा गोल रहित बराबरी भएपछि पेनाल्टि सुटमा क्याम्पा टोल विकास संस्था विजयी भएको हो ।


त्यस्तै भलिवल तर्फ समायगड स्थित प्रगती टोल विकास संस्था प्रथम भएको छ भने क्याम्पा टोल विकास संस्था उपविजेता भएको वडा नम्वर २ स्तरिय खेलकुद विकास समितका अध्यक्ष जितन सार्किले जानकारी दिनुभयो ।
दुबै तर्फको प्रतियोगितामा प्रथम हुनेले नगद १६ हजार तथा उपविजेताले नगद १० हजार सहित ट्र«फी मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान र विकाससँगै युवाहरूलाई सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा जोड्न महत्वपूर्ण भूमिका खेलेको वडा नम्बर २ का वडा अध्यक्ष अशोक सुब्बाले बताउनु भयो ।


गाउँघरमा रहेका प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्न यस्ता प्रतियोगिता मार्फत स्वस्थ जीवनशैली विकास गर्नुका साथै युवालाई सामाजिक विकृति तथा दुव्र्यसनबाट टाढा राख्नसमेत महत्वपूर्ण योगदान पु¥याउने वडा सचिव सागर दाहालले बताउनु भयो ।
वडास्तरीय प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै आगामी दिनमा प्रतियोगितालाई अझ उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीको क्षमता बिकासमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने आयोजक समितिका सचिव निसान राउतले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend