लेटाङ । नेकपा एमाले मिसन पार्टी जागरण अभियान–२०८३ अन्तर्गत कमल गाउँ कमिटीको एकदिने कार्यशाला सम्पन्न भएको छ ।
मोरङको लेटाङस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) कमल गाउँ कमिटीको आयोजनामा ‘मिसन पार्टी जागरण अभियान–२०८३’ अन्तर्गत एकदिने कार्यशाला शनिबार सम्पन्न भएको हाे
गाउँ कमिटी अध्यक्ष हरिप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा केन्द्रीय कमिटी सदस्यहरू दीपक कार्की, देवेन्द्र दाहाल, मेनुका काफ्ले, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, जिल्ला कमिटी उपाध्यक्ष शिवकुमार ढुंगेललगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
गाउँ कमिटी उपाध्यक्ष अकलबहादुर गुरुङले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने सचिव वीरेन्द्रप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। प्रमुख अतिथि कार्कीले ब्यानर वाचन गरी कार्यशालाको उद्घाटन गर्नुभएको थियो।कार्यशालामा कमल गाउँपालिकाका सातवटै वडा कमिटीका इन्चार्जहरूले आ–आफ्नो वडाको राजनीतिक अवस्था, संगठनात्मक गतिविधि तथा चुनौतीबारे रिपोर्टिङ प्रस्तुत गर्नु भएको थियाे ।
विभिन्न आठ विषयमा समूहगत छलफल गरी समूह नेतामार्फत निष्कर्ष तथा धारणा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा दीपक कार्की र मेनुका काफ्लेले संगठन सुदृढीकरण तथा पार्टी गतिविधिका महत्वपूर्ण विषयमा निर्देशनात्मक धारणा राख्नुभएको थियो। देवेन्द्र दाहालले ‘मिसन पार्टी जागरण अभियान’ सम्बन्धमा केन्द्रीय कमिटीको धारणा प्रस्तुत गर्नुभएको थियो।
कार्यशालाको अन्त्यमा सहभागीहरूले प्रस्तुत गरेका निष्कर्षका आधारमा तयार गरिएको ‘लेटाङ घोषणा’ सर्वसम्मतिले पारित गरिएको थियो। कार्यक्रम गाउँ कमिटी अध्यक्ष हरिप्रसाद ढकालको समापन मन्तव्यसँगै सम्पन्न भएको हो।