logo
सोमबार, कार्तिक १० २०८३

कमल २ द्वारा ताेपगाछी प्रहरी चौकीलाई विभिन्न सामग्री सहयोग


  • कुइनेटो न्युज
  • शनिबार, असोज १७ २०८३

कमल ।  झापाको कमल गाउँपालिका वडा नम्बर  २ द्वारा तोपगाछी  प्रहरी चौकीलाई आवश्यक कार्यालय तथा सुरक्षा सामग्री सहयोग गरिएको छ।

प्रहरी चौकीको दैनिक कार्यसम्पादनलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउन विभिन्न सामग्री प्रदान गरिएको हो।
प्रहरी चौकीलाई १ थान कम्प्युटर, १ थान प्रिन्टर, १ थान सीसीटीभी मनिटर, १ थान फ्रिज र १ थान कार्यालय कुर्सी उपलब्ध गराइएको  वडा सचिव सागर दाहालले बताउनु भयाे   ।

वडा कार्यालयमा  आयाेजित कार्यक्रममा  वडा अध्यक्ष अशोक सुब्बाले सहयोग सामग्री प्रहरी प्रतिनिधिलाई हस्तान्तरण गर्नु भएको हाे ।

स्थानीयस्तरमा प्रहरी कार्यालयको भौतिक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्न यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्नुका साथै  समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै नागरिकलाई सहज र प्रभावकारी सुरक्षा सेवा उपलब्ध  हुने वडा अध्यक्ष सुब्बाले बताउनुभयो  ।

कार्यालय सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री प्राप्त भएपछि प्रहरी चौकीको प्रशासनिक काम, अभिलेख व्यवस्थापन तथा दैनिक सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको  चाैकी ईन्चार्ज प्रहरी सहायक निरिक्षक गाेकुल आचार्यले जानकारी दिनुभयाे ।
प्रहरी चौकीलाई आवश्यक सामग्री उपलब्ध गराउने सहयोगदाता पक्षप्रति प्रहरी कर्मचारीहरूले धन्यवाद व्यक्त गरेका छन्। स्थानीय समुदाय, संघसंस्था तथा निजी क्षेत्रबाट हुने यस्ता सहयोगले प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend