कमल । कमल गाउँ पालिकाकाे केर्खा बजारमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाइ सम्पन्न भएको छ ।
फाल्गुनन्द टोल विकास संस्थाकाे अगुवाइ तथा प्रहरी चौकी केर्खाको विशेष पहलमा कमल ३ स्थित केर्खा बजारमा आज बिहान समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न भएको हाे ।
आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, टोल विकास संस्थाका पदाधिकारी तथा प्रहरीको सहभागिता रहेको थियो। सरसफाइ अभियानमा अन्तरगत केर्खा बजार क्षेत्रका सडक, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको फाल्गुनन्द टाेल विकास संस्थाका अध्यक्ष प्रविन राईले बताउनु भयाे ।

समुदाय र प्रहरीबीच सहकार्य तथा आपसी सम्बन्ध थप मजबुत बनाउने उद्देश्यका साथै स्थानी यस्तरमा सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्दा सार्वजनिक स्थानको सरसफाइसँगै नागरिकमा सकारात्मक सन्देश जाने प्रहरी चौकी केर्खाका ईन्जार्ज प्रहरी नायव निरिक्षक टीका पराजुली ले बताउनु भयाे ।
आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।