कमल । कमल गाउँपालिकामा ६४.४ प्रतिशतले जे.ई. लगाएका छन् ।
जे.ई. खोप अभियान २०८३ अन्तर्गत सन्चाल भएको खाेप अभियानमा लक्षित बर्ग काे कुल सख्या अन्तरगत साे भ्याक्सिन लगाएको हाे ।
२०८३ साल आश्विन ५ गतेदेखि १५ गतेसम्म सञ्चालन रहेने अभियानमा लक्षित जनसंख्याको ६४.४ प्रतिशतले जे.ई. विरुद्धको खोप लगाएका छन्।
कमल गाउँपालिकाको ७ वटै वडामा सञ्चालन गरिएको अभियानमा ३० वर्षमाथिका कुल २६ हजार ४६८ जना नागरिकलाई लक्षित गरिएकोमा अभियान अवधिभर १७ हजार ५२ जनाले जे.ई. विरुद्धको खोप लगाएका छन्।
खोप लगाउनेमध्ये ९ हजार ९४० जना महिला र ७ हजार ११२ जना पुरुष रहेका छन्। उमेर समूहअनुसार ३० देखि ६० वर्ष उमेर समूहका १२ हजार ५४८ जना र ६० वर्षमाथिका ४ हजार ५०४ जना नागरिकले खोप लगाएका छन्।

वडागत रूपमा हेर्दा वडा नं. ६ मा ७८.९ प्रतिशत खोप प्रगति भएको छ। वडा नं. ३ मा ७२.७ प्रतिशत, वडा नं. ७ मा ६९.२ प्रतिशत, वडा नं. ५ मा ६५.७ प्रतिशत, वडा नं. २ मा ६१.३ प्रतिशत र वडा नं. १ मा ५८.६ प्रतिशत प्रगति भएको छ। त्यस्तै वडा नं. ४ मा ४४.८ प्रतिशत प्रगति भएको तथ्यांक रहेको छ।
अभियानअन्तर्गत लक्षित उमेर समूहका नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाका विभिन्न खोप केन्द्रबाट खोप सेवा सञ्चालन गरिएको थियो। अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको सहभागितामा प्रचारप्रसार तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो।
गाउँपालिकाले जे.ई. विरुद्धको खोपबाट नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले अभियानमा सहभागी भई खोप लगाउने सम्पूर्ण नागरिक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा अभियानमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ।
अभियानको अन्तिम तथ्यांकअनुसार कमल गाउँपालिकामा २६ हजार ४६८ लक्षित नागरिकमध्ये १७ हजार ५२ जनाले जे.ई. विरुद्धको खोप लगाएका छन् भने समग्र खोप प्रगति ६४.४ प्रतिशत पुगेको छ।