logo
सोमबार, कार्तिक १० २०८३

नेपाल जेसीज वर्ष २०२७ को क्षेत्र “क” सम्मेलन कमलमा हुने


  • कुइनेटो न्युज
  • आइतबार, असोज ११ २०८३

कमल / नेपाल जेसीजकाे क्षेत्र “क” सम्मेलन झापाको कमल गाउँ पालिकामा हुने भएको छ ।

नेपाल जसीजले हरेक वर्ष सन्चालन गर्दै आएकाे क्षेत्रगत सम्मेलन अन्तरगत वर्ष २०२७ मा हुने क्षेत्र “क” सम्मेलन कमल नगर जेसीजकाे आथिथ्यतामा सन्चालन हुने जनाएको छ ।
सम्मेलन सन्चालन कालागी आवश्यक सम्पुर्ण विडिङ्ग (BIDING) को तयारी पुरा भएको आयाेजकले जानकारी दिएको छ ।

चारआली जेसीजमा काे आतिथ्यतामा शुक्रबार र शनिबार (असोज ९ र १० गते ) वर्ष २६ काे क्षेत्र “क” सम्मेलन सफल पार्दै उक्त सम्मेलनमा विडिङ पूरा गरि घोषणा गरिएको कमल नगर जेसीजका विडिङ्ग चियर पर्सन जेसी नारायण बस्नेतले बताउनुभयो ।

नेपाल जेसीज क्षेत्र “क” सम्मेलन कमल गाउँ पालिकामा ल्याउनु भनेको यस क्षेत्रका १८ देखी ४० वर्ष सम्मका युवाहरुको नेतृत्व र क्षमता विकास गर्दै यहाँ रहेका धार्मिक तथा पर्यटन क्षेत्रको अन्तराष्ट्रिय क्षेत्र सम्म चिनाउन ठुलो मद्दत पुग्ने कमल नगर जेसीज वर्ष २६ का अध्यक्ष जेसी महेश भण्डारीले जानकारी दिनुभयो ।

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend