logo
सोमबार, कार्तिक १० २०८३

ओजोन तह संरक्षण दिवसको शुभकामना


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज ९ २०८३

ओजोन तह संरक्षण दिवसको सन्दर्भ प्रत्येक वर्ष सेप्टेम्बर १६ मा अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस मनाइन्छ । ओजोन तहको महत्त्वबारे जनचेतना फैलाउने, यसको संरक्षणका लागि भएका अन्तर्राष्ट्रिय प्रयासको स्मरण गर्ने तथा ओजोन तहलाई क्षति पु¥याउने पदार्थको उत्पादन र प्रयोग नियन्त्रण गर्न प्रेरित गर्ने यसको उद्देश्य हो।
सन् १९८७ सेप्टेम्बर १६ मा ओजोन तहलाई क्षति पु¥याउने पदार्थको उत्पादन तथा उपभोग नियन्त्रण गर्ने उद्देश्यले मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको थियो। यही दिनको स्मरणमा यो दिवस मनाइन्छ।

संयुक्त राष्ट्र महासभाले सन् १९९४ मा सेप्टेम्बर १६ लाई अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस घोषणा गरेको थियो।

ओजोन तह पृथ्वीको प्राकृतिक सुरक्षा कवच हो।यसले सूर्यबाट आउने हानिकारक पराबैंगनी (ग्ख्) विकिरणको ठूलो हिस्सा अवशोषण गरी मानव स्वास्थ्य, जीवजन्तु, वनस्पति र पारिस्थितिक प्रणालीलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

क्लोरोफ्लोरोकार्बन (cef), ह्यालोन, मिथाइल ब्रोमाइड, कार्बन टेट्राक्लोराइडलगायत ओजोन–क्षयकारी पदार्थले ओजोन तहमा क्षति पु¥याउँछन्। यसको असर मानव स्वास्थ्यदेखि कृषि, वनस्पति र पारिस्थितिक प्रणालीसम्म पर्न सक्छ।

यही चुनौतीका कारण सन् १९८५ को भियना महासन्धि र सन् १९८७ को मोन्ट्रियल प्रोटोकलमार्फत अन्तर्राष्ट्रिय सहकार्य अघि बढाइएको हो ।

मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनबाट सकारात्मक परिणाम देखिएका छन्। वैज्ञानिक प्रक्षेपणअनुसार अन्तर्राष्ट्रिय प्रतिबद्धता कायम रहेमा विश्वका अधिकांश भागमा सन् २०४० आसपास, आर्कटिकमा २०४५ आसपास र अन्टार्कटिकामा २०६६ आसपास ओजोन तह सन् १९८० आसपासको अवस्थातर्फ फर्किन सक्ने अपेक्षा गरिएको छ ।
ओजोन तहको क्षय र जलवायु परिवर्तन एउटै समस्या होइनन्, तर यीबीच महत्वपूर्ण सम्बन्ध छ । ओजोन–क्षयकारी धेरै पदार्थ शक्तिशाली हरितगृह ग्याससमेत भएकाले ओजोन संरक्षणका प्रयासले जलवायु संरक्षणमा पनि योगदान पु¥याएका छन् । यही सन्दर्भमा २०२६ को “Global action for a cooler planet ”  सन्देशले ओजोन संरक्षणबाट प्राप्त अन्तर्राष्ट्रिय सहकार्यलाई जलवायु कार्यसँग जोड्न ध्यानाकर्षण गराएको छ ।

ओजोन तह जोगाऔँ, वातावरण जोगाऔँ—आउँदा पुस्ताका लागि सुरक्षित पृथ्वी छाडौँ ।
अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस, २०२६ को शुभकामना ।

तर प्रश्न अझै बाँकी छ, हरेक वर्ष दिवस मनाइरहँदा हाम्रो नीति, प्रविधि र व्यवहारमा कति परिवर्तन आएको छ? दिवस मनाउनु मात्र पर्याप्त हुँदैन। ओजोन–क्षयकारी पदार्थको नियन्त्रण, वातावरणमैत्री प्रविधिको प्रयोग, सुरक्षित विकल्पको विस्तार र प्रभावकारी कानुनी कार्यान्वयनमा वास्तविक प्रगति आवश्यक छ। सरकार, उद्योग, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबैको भूमिका यसमा जोडिन्छ । ओजोन तह संरक्षणमा विश्वले सहकार्यबाट उपलब्धि हासिल गर्न सक्छ भन्ने प्रमाण दिइसकेको छ; अब त्यही सिकाइलाई जलवायु परिवर्तन र वातावरणका अन्य चुनौतीमा उपयोग गर्ने समय हो।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend