कमल / कमल नगर जेसीजले वर्ष २०२७ मा नेपाल जेसीज क्षेत्र “क” सम्मेलन गर्नकालागी सम्पुर्ण विडिङ्ग (BIDING) को तयारी पुरा भएको जानकारी गराएको छ ।
जेसीजले विहीवार साँझ कमल ५ स्थित वनमारा क्याफेमा पत्रकार सम्मेलन गर्दै विडिङ्ग को सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।
चारआली जेसीजमा यही असोज ९ र १० गते हुन गैरहेको २०२६ क्षेत्र “क” सम्मेलन सफल पार्दै उक्त सम्मेलनमा (द्यक्ष्म्क्ष्ल्न्) को घोषण गर्ने तयारी रहेको कमल नगर जेसीज वर्ष २६ का अध्यक्ष जेसी महेश भण्डारीले जानकारी दिनुभयो ।

नेपाल जेसीज क्षेत्र “क” सम्मेलन कमल गाउँ पालिकामा ल्याउनु भनेको यस क्षेत्रका १८ देखी ४० वर्ष सम्मका युवाहरुको नेतृत्व र क्षमता विकास गर्दै यहाँ रहेका धार्मिक तथा पर्यटन क्षेत्रको अन्तराष्ट्रिय क्षेत्र सम्म चिनाउन ठुलो मद्दत पुग्ने कमल नगर जेसीजका विडिङ्ग चियर पर्सन जेसी नारायण बस्नेतले बताउनुभयो ।