कमल । विश्व स्वास्थ्य संगठन (WHO) का चिकित्सक तथा प्राविधिक टोली द्वारा कमल ६ स्थित लखनपुुर स्वास्थ्य चाैकीमा आउनु भएको छ ।
गाउँपालिका ६ स्थित लखनपुर स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको VPD (Vaccine Preventable Diseases) Surveillance विषयकाे अनुगमन गर्न डा.संगिता शाह सहित प्राविधक टाेली स्वास्थ्य चाैकीका आउनु भएको थियेा ।
अनुगमनमा आउनु भएका डाक्टर सहितको टाेली संग खोपबाट रोकथाम गर्न सकिने रोगहरुका शंकास्पद बिरामीको पहिचान, केसको खोजी तथा रिपोर्टिङ, आवश्यक नमुना संकलन तथा अभिलेख व्यवस्थापन र रोगको सूचना प्रवाहको विषयमा छलफल भएको थियो।
VPD Surveillance ले प्रारम्भिक पहिचान, समयमै सूचना, आवश्यक अनुसन्धान तथा तत्काल नियन्त्रणात्मक कदम चाल्न सक्ने क्षमता बलियो हुनु हो। विशेषगरी दादुरा, पोलियो, डिप्थेरिया नवजात शिशु धनुष्टंकार, जापानीज इन्सेफ्लाइटिस लगायत खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानीले सम्भावित प्रकोपलाई समयमै पहिचान गर्न महत्वपूर्ण भूमिका रहेको छ।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले खोपबाट रोकथाम गर्न सकिने रोगहरूको समयमै पहिचान, अनुसन्धान, नमुना संकलन तथा रिपोर्टिङले सम्भावित प्रकोप नियन्त्रण र रोग उन्मूलन तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भुमिका रहेको बताउनु भयो ।
लखनपुर स्वास्थ्य चौकीले नियमित स्वास्थ्य सेवा सँगसँगै रोग निगरानी तथा सूचना व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको स्वास्थ्य चौकी प्रमुख देवराज पराजुलीले जानकारी दिनु भयो ।
WHO टोलीले स्वास्थ्य चौकीमा VPD Surveillance सम्बन्धी अभिलेख तथा रिपोर्टिङ प्रणालीको अवस्था, रोग निगरानीका क्रममा अपनाइएका प्रक्रियाहरूको समेत अवलोकन गरिएको थियो।