कमल । झापाकाे कमल गाउँ पालिकामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चाैकी केर्खाकाे आयाेजनामा कमल ३ केर्खा बजारमा आज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ट्राफिक सचेतना कार्यक्रम आयाेजना गरिएकाे हाे ।

कार्यक्रममा सहभागी सिटि सफारी र टेम्पाे चालकहरू लाई राजमार्गमा किनारमा भेला गरााई ट्राफिक सचेतना सम्बन्धी जानकारी गराईएकाे हाे ।
कार्यक्रममा कमल गाउँ पालिका र ईलामकाे चुलाचुली गाउँ पालिकामा दर्ता गरि सन्चालनमा आएका ४० जना सिटि सफारी र टेम्पाे चालकहरूकाे सहभागिता रहेकाे प्रहरी चाैकि केर्खाका ईन्चार्ज प्रहरी नायव निरिक्षक टीकाराम पराजुलीले जानकारी दिनुभयाे ।