logo
सोमबार, कार्तिक १० २०८३

लक्ष्मी नारायणको नवौँ वार्षिक सभा सम्पन्न, तीन दर्जनभन्दा बढी सदस्य सम्मानित र पुरस्कृत

धर्म–संस्कृति संरक्षणमा लक्ष्मी नारायण भजन किर्तन मण्डलीको सक्रियता


  • उमानाथ भण्डारी
  • शनिबार, भाद्र २० २०८३

कमल । धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत समुदायमा आपसी सद्भाव, एकता र सकारात्मक संस्कार प्रवद्र्धन गर्दै आएको श्री लक्ष्मी नारायण भजन किर्तन मण्डलीको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ शिवालय डाँडाटोल स्थित मण्डलीले शुक्रवार साँझ आयोजित साधारण सभाको उद्घाटन कमल गाउँपालिका ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले गर्नु भएको थियो ।

सभाको उद्घाटन पछि शुभकामना मन्तव्य व्यक्त गर्दै भजन–कीर्तनले धार्मिक आस्था मात्रै नभई समाजमा आपसी भाइचारा, सद्भाव र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष कोईरालाले बताउनु भयो ।

त्यसैगरी आधुनिकताको प्रभावसँगै मौलिक धर्म, संस्कार र संस्कृति कमजोर हुँदै गएको अवस्थामा यस्ता मण्डली तथा धार्मिक संस्थाले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै सामाजिक सेवाका क्षेत्रमा समेत मण्डलीले आफ्नो भूमिका विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । समुदायमा सकारात्मक सोच र सहकार्यको वातावरण निर्माण गर्न यस्ता संस्थाको योगदान महत्वपूर्ण हुने समेत अध्यक्ष कोईरालाले बताउनु भयो ।

साधारण सभामा मण्डलीका अध्यक्ष लोकनाथ भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा मण्डलीले वर्षभरि सञ्चालन गरेका विभिन्न धार्मिक तथा सामाजिक गतिविधि, संस्थागत प्रगति, सदस्यहरूको सहभागिता तथा आगामी योजनाका विषयमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यस्तै, मण्डलीका सचिव भुवन भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाको आर्थिक अवस्था, आम्दानी तथा खर्चलगायतका विवरण सभामा प्रस्तुत गर्दै आर्थिक पारदर्शिता र संस्थागत अनुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

साधारण सभामा मण्डलीलाई विभिन्न समयमा सहयोग गर्ने तथा संस्थाका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने तीन दर्जनभन्दा बढी सदस्य तथा सहयोगीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सम्मानित तथा पुरस्कृत व्यक्तिहरूले मण्डलीको धार्मिक तथा सामाजिक अभियानमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मान तथा पुरस्कार वितरणले मण्डलीका सदस्य तथा सहयोगीहरूलाई आगामी दिनमा अझ सक्रिय भएर संस्थागत तथा सामाजिक कार्यमा लाग्न थप प्रेरणा मिलेको सम्मानित मध्येमा कमल प्रसाद घिमिरेले बताउनु भयो ।

कार्यक्रममा पुर्व वडा अध्यक्ष नर प्रसाद दंगाल,कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहाल, शिवालय डाँडाटोल विकास सस्थाका अध्यक्ष मछिन्द्र लुम्खिम्वा ,प्याब्सन कमलका सचिव तिलोचन गौतम, सिंहदेबी मन्दिर व्यवस्थापन समितिका सचिव पुण्य प्रसाद पोख्रेल छिमेकी भजन किर्तन मण्डलीका अध्यक्ष तथा प्रतिनिधी,मण्डलीका पदाधिकारी,सदस्य, स्थानीय नागरिक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले धार्मिक तथा सांस्कृतिक संस्थाले समाजमा सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै मण्डलीका आगामी कार्यक्रमलाई सफल बनाउन सामूहिक सहयोग र सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको थियो ।

नवौँ वार्षिक साधारण सभाले मण्डलीको विगतको कार्यसम्पादनको समीक्षा गर्दै आगामी दिनमा धार्मिक जागरण, भजन–कीर्तन, सामाजिक सेवा, सांस्कृतिक संरक्षण र समुदायमा आपसी सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम मण्डलीका सदस्य पण्डित गंगाराम रिमालले सन्चालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend