कमल/ झापाकाे कमल ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलले आफ्नो सामाजिक तथा मानवीय दायित्वलाई आत्मसात् गर्दै भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४०,००० (चालीस हजार रुपैयाँ) सहयोग प्रदान गरेको छ।
विपद्को यस कठिन घडीमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यो सहयोग केवल आर्थिक सहयोग मात्र नभई मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक हो।
यस मानवीय कार्यमा साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, शुभेच्छुक तथा सहयोगी मनहरूप्रति स्मारिका परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ |