logo
सोमबार, कार्तिक १० २०८३

सशस्त्र प्रहरी द्वारा १० लाख मुल्य बरावरको अवैध सामान बरामद


  • उमानाथ भण्डारी
  • मंगलबार, भाद्र ९ २०८३

कमल । सशस्त्र प्रहरी बल नेपालले आज अवैध सामान बरामद गरेको को छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण हेड क्वाटर झापा बाट खटिएको टोलिले पुर्व पश्चि राजमार्ग अन्र्तगत कमल गाउँपालिका ३ केर्खा  बाट दश लाख मुल्य बरावरको अवधै सामान बरामद गरेको हो ।


नम्बर ३८ रिजर्भ गण हेड क्वाटर बाट सशस्त्र प्रहरी उपरिक्षक दिनेश कुमार बस्नेतको कमाण्डमा खटिएको गस्ती टोलीले पुर्व बाट पश्चिम जाँदै गरेको मे. १ ह.४४६६ नम्बरको अटोलाई शंकालागी चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी ४ लाख ५० हजार बराबरको लत्ताकपडा र सामन ढुवानीमा प्रयोग गरिएको ५ लाख ५० हजार बरावरको अटो गरि जम्मा दश लाख मुल्य बरावरको सामान बरामद गरेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिनुभयो ।
बरामद गरिएको लत्ताकपडा र अटो नियन्त्रणमा दिई कार्यालयमा राखि थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend